मनमोहन गान्धी मार्ग अझै सञ्चालनमा आएन

Published on

काठमाडौं । तीन दिनदेखि अवरुद्ध मोरङको मनमोहन गान्धी मार्ग अझै सञ्चालनमा आउनसकेको छैन । मोरङको पथरी शनिश्चरे नगरपालिका हुँदै दक्षिण भारत जोड्ने सडकको काम समयमै सम्पन्न नभएको भन्दै स्थानीयले शनिबार पथरी शनिश्चरे(९ स्थित महेन्द्रचोकमा सडक अवरुद्ध गरेका थिए ।

ह्युम पाइप, ढुङ्गा र काठलगाएर सडकअवरुद्ध गरिएको र निर्माणको काम फेरि सुरु हुने सुनिश्चितता नहुँदासम्म अवरोध कायमै रहने सडक सङ्घर्ष समितिका सहसंयोजक सुमन वनेमले बताउनुभयो । यसअघि सङ्घर्ष समितिले गत मङ्सिर १३ गते पनि सडकअवरुद्ध गरेको थियो । निर्माण कम्पनीका प्रतिनिधि दीपक थिङले तीन महिनाभित्र काम सम्पन्न गर्ने सहमतिपछि त्यसबेला सडक सञ्चालन गर्न दिइएकामा सो सहमति कार्यान्वयन नभएकाले पुनः अवरोध गर्नुपरेको वनेमले जानकारी दिनुभयो । पथरीशनिश्चरेस्थित २५ किलोमिटर लम्बाइ र ६० फिट चौडाइ सडक निर्माणको ठेक्का एक करोड ९४ लाख ९४ हजारमा कान्छाराम कन्स्ट्रक्सन कम्पनीले पाएको छ । निर्माण कम्पनीले करिब दुई वर्षदेखि सडक निर्माणको काम नगर्दा स्थानीय आक्रोशित छन् । निर्माण कम्पनीको ढिलासुस्तीका कारण मनमोहन गान्धी सडकमा पर्ने मोरङ पथरी शनिश्चरेको वडा नम्बर ६, ८, ४, ९ र १० का स्थानीयवासीले सास्ती खेप्नुपरेको भन्दै स्थानीयवासीले सङ्घर्ष समिति गठन गरी सडक निर्माण गर्न दबाब दिँदैआएका छन् । रासस

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...