नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक सेवा सुरु

Published on

काठमाडौं । राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिकरुपमा आजबाट सेवा सुरु गरेको छ । आज यहाँ आयोजित शुभारम्भमा इन्ड्राइभ नेपालका निर्देशक रीता पोखरेलले आजबाट औपचारिकरुपमा सेवा सुरु भएको जानकारी दिनुभयो ।

“हामीले केही वर्ष परीक्षणका लागि सेवा सुरु गरेका थियौँ, केही कानूनी प्रक्रिया पूरा गरी आजदेखि औपचारिकरुपमा सेवा सुरु गरेका छौँ”, उहाँले भन्नुभयो । उहाँले केही समयपछि चालक र यात्रुको बीमा पनि गरिने बताउनुभयो । राइडरहरुले सेवा उपयोग गरे वापत कम्पनीलाई १० प्रतिशत सेवा शुल्क बुझाउनुपर्नेसमेत जानकारी दिनुभयो । कम्पनीले आजै भुक्तानी सेवा प्रदायक आईएमई पेसँग सहकार्य गर्ने घोषणा गरेको छ । इन्ड्राइभले हाल यो सेवा काठमाडौँ, पोखरा, भरतपुर उपलब्ध हुने र आगामी दिनमा अन्य सहरमा पनि सेवा बिस्तार गर्दै जाने कम्पनीको भनाइ छ । कम्पनीले राइड सेयरिङबाहेक, कुरियर, कार्गो सेवा पनि उपलब्ध गराउने निर्देशक पोखरेलको भनाइ छ । इन्ड्राइभ एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवित नन्दा आनन्दले इन्ड्राइभको सेवा आधिकारिकरुपमा नेपालमा सुरु गर्न पाउँदा हर्षित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो लागि नेपाली बजार अत्यन्तै महत्वपूर्ण छ र हाम्रा सेवाहरुले रोजगारी प्रदान गर्नेमा हामी विश्वस्त छौँ ।” रासस

ताजा समाचार

दिगो पुनर्निर्माणमा जोड

काठमाडौँ । रुकुमपश्चिम र जाजरकोटमा हुने पुनर्निर्माण हरित प्रविधिमैत्री र दिगो विकासमा आधारित हुनुपर्नेमा...

सिमेन्टको मूल्य घटाउन निर्देशन

काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि अस्वाभाविक भएकाले तत्काल घटाउन निर्देशन...

‘मेरा कलमका डोबहरू’ लोकार्पण

काठमाडौँ । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसङ्ग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ...

पोखरीमा पुरुषको शव फेला

काठमाडौँ । धनुषाको छिरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरस्थित पोखरीमा बुधबार एक पुरुषको शव फेला परेको छ...