मालपोत र नापी कार्यालयबाट ६ जना बिचौलिया पक्राउ

Published on

काठमाडौं । बाँकेको कोहलपुरमा रहेको नापी र मालपोत कार्यालयबाट ६ जना बिचौलियालाई पक्राउ गरिएको छ ।

कोहलपुरको नापी र मालपोत कार्यालयमा बिचौलियाहरुको निकै चलखेल भइरहेको भन्ने जनगुनासो प्राप्त भएपछि जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको नेतृत्वमा गएको सुरक्षा निकायसहितको टोलीले नापी र मालपोत कार्यालयको अनुगमन गर्दा ६ जना बिचौलियालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीले जानकारी दिनुभयो । उहाँले कार्यालय भित्र केही व्यक्तिहरुले सेवाग्राहीबाट रकम लिएर विचौलियाको काम गरिरहेको सूचना प्राप्त भएपछि छड्के अनुगमन गरेर उनीहरुलाई पक्राउ गरिएको बताउनुभयो ।

पक्राउ परेकामध्ये तीन जना वकिल, एक जना कोहलपुर नगरपालिकाका करार कर्मचारी र दुई जना सेवाग्राही रहेको पाइएको प्रहरीले जनाएको छ । सेवाग्राहीलाई भने सामान्य सोधपुछपछि छाडिएको प्रहरीले जनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले कोहलपुरस्थित नापी र मालपोतका बारेमा धेरै पटक विभिन्न गुनासाहरु प्राप्त भएकोले छड्के गरिएको बताउनुभयो । उहाँले बिचौलिया पक्राउ परेपछि सर्वसाधारणका गुनासाहरु सही रहेको पुष्टि भएको बताउनुभयो । बाँके जिल्लाको सदरमुकाम नेपालगन्जमा रहेको नापी, मालपोत र यातायात जस्ता कार्यालयहरुमा पनि विचौलियाको विगविगि रहेको आम नागरिकको गुनासो छ । ती कार्यालयहरुमा पनि बेला बेलामा छड्के अनुगमन आवश्यक रहेको नागरिक समाजका अगुवा तथा व्यवसायी कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...