मालपोत र नापी कार्यालयबाट ६ जना बिचौलिया पक्राउ

Published on

काठमाडौं । बाँकेको कोहलपुरमा रहेको नापी र मालपोत कार्यालयबाट ६ जना बिचौलियालाई पक्राउ गरिएको छ ।

कोहलपुरको नापी र मालपोत कार्यालयमा बिचौलियाहरुको निकै चलखेल भइरहेको भन्ने जनगुनासो प्राप्त भएपछि जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको नेतृत्वमा गएको सुरक्षा निकायसहितको टोलीले नापी र मालपोत कार्यालयको अनुगमन गर्दा ६ जना बिचौलियालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीले जानकारी दिनुभयो । उहाँले कार्यालय भित्र केही व्यक्तिहरुले सेवाग्राहीबाट रकम लिएर विचौलियाको काम गरिरहेको सूचना प्राप्त भएपछि छड्के अनुगमन गरेर उनीहरुलाई पक्राउ गरिएको बताउनुभयो ।

पक्राउ परेकामध्ये तीन जना वकिल, एक जना कोहलपुर नगरपालिकाका करार कर्मचारी र दुई जना सेवाग्राही रहेको पाइएको प्रहरीले जनाएको छ । सेवाग्राहीलाई भने सामान्य सोधपुछपछि छाडिएको प्रहरीले जनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले कोहलपुरस्थित नापी र मालपोतका बारेमा धेरै पटक विभिन्न गुनासाहरु प्राप्त भएकोले छड्के गरिएको बताउनुभयो । उहाँले बिचौलिया पक्राउ परेपछि सर्वसाधारणका गुनासाहरु सही रहेको पुष्टि भएको बताउनुभयो । बाँके जिल्लाको सदरमुकाम नेपालगन्जमा रहेको नापी, मालपोत र यातायात जस्ता कार्यालयहरुमा पनि विचौलियाको विगविगि रहेको आम नागरिकको गुनासो छ । ती कार्यालयहरुमा पनि बेला बेलामा छड्के अनुगमन आवश्यक रहेको नागरिक समाजका अगुवा तथा व्यवसायी कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो । गोरखापत्र

ताजा समाचार

गुरुङको अध्यक्षतामा रिकोन गठन

नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रिकोन) को अध्यक्षमा कुशल गुरुङ चयन हुनु भएको छ ।...

तीन वर्षदेखि पुल अलपत्र, सास्ती खेप्दै स्थानीयबासी

काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नं १ कोटवाडा र वडा नं ६, ७,...

काभ्रेको श्वेत भैरव मन्दिर

काठमाडौं । काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका वडा नं ५ खडपु वा श्रीखण्डपुरमा अवस्थित प्रख्यात श्वेत...

आठ हजार चालक रसिदकै भरमा सवारी कुदाउँदै

काठमाडौं । राजमार्गमा होस अथवा जुनसुकै सडकमा सवारी चलाउन चालक अनुमति पत्र अनिवार्य छ...