मुहान सुकेपछि पानी अभाव

Published on

काठमाडौं । भूकम्पपछिका वर्षमा जाजरकोटमा खानेपानीको समस्या हुन थालेको छ । यहाँको भेरी र नलगाड नगरपालिका तथा कुसे, बारेकोट गाउँपालिकाका विभिन्न बस्तीका पानीको मुहान सुकेपछि यहाँका बस्तीमा खानेपानीको समस्या हुन थालेको हो ।

गत कात्तिक १७ गते गएको भूकम्पले धर्ती हलचल भएपछि धेरै जसो मुहान सुकेका छन् । मुहान सुकेपछि खानेपानी समस्या बढ्दै गएको छ । बस्ती नजिकका मुहान सुकेपछि यहाँका बासिन्दा घण्टौँ टाढाबाट पानी बोकेर खान बाध्य भएका छन् । भूकम्पका कारण नलगाड नगरपालिका–४, बाहुसे खोलास्थित जुम्ली गारे खानेपानीको मुहान भासिएपछि नजिकका बस्तीमा पानीको अभाव भइरहेको छ । मुहान सुकेपछि बिहानबेलुका पानी ल्याउन घण्टौँ टाढा हिँड्नुपर्ने अवस्था सिर्जना भएको नलगाड नगरपालिका–४ का दलबहादुर खत्रीले बताउनुभयो । नलगाड नगरपालिका–४, चच्चुलाइन मुहान, पाल्ता पानी मुहान भूकम्पका कारण जमिन फाटेर सुकेपछि कोटीगाउँका ४५ घरपरिवार, भातचिउराका ३५ घरपरिवार, डिम्रापानी मुहानको पानी प्रयोग गर्ने १४ घरपरिवारले अचेल पानीको सङ्कट भोग्नु परिरहेको नलगाड नगरपालिका–४ का वडाध्यक्ष बद्रीबहादुर पन्तले जनाउनुभयो ।

भूकम्पको पीडा भोग्दै आएका यहाँका बासिन्दाले दैनिक खानेपानीको चिन्ताले पनि सताउने गरेको नलगाड नगरपालिका–५ का प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार पञ्चासे खानेपानी, लेइखोरे खानेपानी, पुरानागाउँ खानेपानी मुहानमा पानी आउन छाडेपछि तीन वटा मुहानबाट पानी प्रयोग गर्ने गरेका १४० घरपरिवारले नाउला (कुवा) को पानी खान बाध्य भएका छन् । सो नाउलाबाट यसअघि पशुचौपायाले पानी खाने गरेका थिए । नलगाड नगरपालिकाको वडा नं। १ देखि ७ का बासिन्दाले खानेपानीको समस्या भोग्नु परेको उहाँले जनाउनुभयो । पछिल्ला दिनमा वन डढेलोले खानेपानीका पाइपसमेत जल्दा यहाँका बासिन्दाले पानीको चरम सङ्कट भोग्नु परेको छ । गोरखापत्र

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...