जसपाद्वारा केन्द्रीय समितिको बैठक आह्वान

Published on

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।

यही वैशाख ३१ र जेठ १ गते बस्नेगरी पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार हिजो पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा पार्टीको आगामी जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा गर्ने भनिएको महाधिवेशनको तयारीलाई तीव्रता दिने र तोकिएको मितिमै महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको बस्नेतले बताउनुभयो । रासस

ताजा समाचार

एउटै योजनामा तीन तहका सरकारले काम गर्दा नतिजा दिन समस्या भयो

प्रदेश सरकार मातहत जिल्ला–जिल्लामा पूर्वाधार विकास कार्यालयहरू स्थापना भएका छन् । प्रदेशको भौतिक पूर्वाधार...

पर्वतको जलजलामा शिक्षा सुधार प्रस्तावको आधारमा प्रधानाध्यापक नियुक्ति

काठमाडौं । पर्वतको जलजला गाउँपालिकाले प्रधानाध्यापक नियुक्तिका लागि विद्यालय सुधार प्रस्तावको आधारमा छनोट गर्ने...

गृहद्वारा अध्यागमनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन

काठमाडौं । गृह मन्त्रालयले अध्यागमन प्रशासनलाई थप व्यवस्थित र जिम्मेवार बनाउन अध्यागमन विभागलाई अधिकार...

विश्वमा साइबर अपराधको बिगबिगी

काठमाडौं । हालै इजरायलको राष्ट्रिय साइबर प्रणालीका प्रमुख अर्थशास्त्री श्लोमा सरफातीले एक कार्यक्रममार्फत “व्यक्तिगत...