सम्भावित महामारी नियन्त्रण र रोकथाम सुरु

Published on

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महामारी रोकथाम र नियन्त्रण गर्नका लागि ‘महामारी तयारी र प्रतिकार्य कोष’ परियोजना सुरु गरेको छ । मन्त्रालयका प्रवक्ता डा।प्रकाश बुढाथोकीले परियोजनाअन्तर्गत विभिन्न रोगको सतर्कता र प्रारम्भिक चेतावनी, जनशक्ति उत्पादन, प्रयोगशाला विस्तार र सुधारलगायत क्षेत्रमा खर्च गरिने बताउनुभयो । “कुनै महामारी आयो भने तयारी गर्नका लागि परियोजना सञ्चालन गरिएको छ”, उहाँले भन्नुभयो, “कोरोना भाइरसजस्तो महामारी फेरि नआउला भन्न सकिन्न । त्यसैले सम्भावित महामारीको क्षति कम गर्न, निदान र उपचारको तयारी गर्नका लागि परियोजना सञ्चालन गरिएको हो ।” सङ्घ, प्रदेश तहमा पनि परियोजना लागू गरिने छ । कूल एक करोड ८८ लाख अमेरिकी डलरमा सुरु भएको उक्त परियोजना विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र खाद्य तथा कृषि सङ्गठनको संलग्नतामा तीन वर्षसम्म सञ्चालन हुनेछ ।

उहाँका अनुसार विश्व स्वास्थ्य सङ्गठनमा आबद्ध रहेका देशले कोरोना भाइरसको बेला बनाएको कोषबाट नेपाललाई उक्त रकम प्राप्त भएको हो । महामारी कोषबाट परियोजना सञ्चालन गर्नका लागि विश्वभरिका एक सय ३३ देशबाट एक सय ७९ आवेदनमध्ये नेपालको प्रस्ताव छनोट भएको हो । नेपालमा २०७६ सालमा कोरोना भाइरस महामारी देखिएको थियो । कोरोना भाइरसको कारणले करिब १२ हजार मानिसको मृत्यु भइसकेको छ । रासस

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...