रङ्गशालामा विश्वकप छनोट खेल हुनेमा शङ्का

Published on

काठमाडौं । एएफसीले दशरथ रङ्गशालालाई अन्तर्राष्ट्रिय मान्यता नदिएपछि अर्को महिना यसै मैदानमा विश्वकप छनोट अन्तर्गत नेपालले युएईविरुद्ध खेल्ने खेल हुनेमा शङ्का उत्पन्न भएको छ । एएफसीका पदाधिकारीले रङ्गशालाको निरीक्षणपछि विभिन्न पक्षमा प्रश्न उठाएका थिए ।

यसबिच दशरथ रङ्गशालालाई अन्तर्राष्ट्रिय मान्यता दिन एएफसीले माग गरेको विवरण राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले शुव्रmबार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई आवश्यक कागजात उपलब्ध गराएको छ । फिफा विश्व कप छनोट र एसियाली छनोटको खेल दशरथ रङ्गशालामा सञ्चालन गर्ने सम्बन्धमा दशरथ रङ्गशालाको अवस्थाबारे एएफसीले प्रारम्भिक अनुगमनपश्चात् माग गरेको विवरण राखेपले एन्फालाई दिएको हो । उक्त विवरण शुव्रबारै एन्फाले एएफसीमा पठाउने तयारी गरेको छ । एएफसीले एन्फालाई दुवै छनोट प्रतियोगिताका खेल खेलाउन दशरथ रङ्गशाला उपयुक्त हुने आधारसहित चार बुँदे विवरण माग गरेको थियो । एएफसीले एन्फालाई स्टेडियम सेफ्टी सर्टिफिकेट, इभाक्वुएसन प्लान, कोलर कोडेड फ्लोर प्लान डायग्राम र रिस्क एनालाइसिस स्पेसिफिक टु दी स्टेडियमका विषयमा जानकारी माग गरेको थियो । सो विषयमा एन्फाले राखेपलाई एएफसीमा पठाउन विवरण माग गरेकोमा राखेपले प्राविधिक परामर्शदाताको सहयोगमा अध्ययनपश्चात् तयार पारेको सम्पूर्ण विवरण एन्फालाई दिएको हो ।

बिहीबार मात्रै संसदीय व्यवस्था समितिमा दशरथ रङ्गशालाको अवस्थाबारे प्रश्न उठ्दा राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले यही हप्ताभित्र विवरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सदस्य–सचिव टङ्कलाल घिसिङको उपस्थितिमा राखेप अन्तर्गत पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख राजु श्रेष्ठले एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरलाई विवरण हस्तान्तरण गर्नुभयो ।

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...