अर्जेन्टिनाको राजधानीमा रेल दुर्घटना, घाइते ६० जना अस्पतालमा

Published on

काठमाडौं । ब्युनस आयर्समा शुक्रबार एउटा यात्रुवाहक रेल मर्मतसम्भार गर्ने रेलसँग ठोक्किँदा घाइते करिब ६० जनालाई अर्जेन्टिनाको राजधानीको अस्पतालमा पठाइएको अधिकारीहरूले बताएका छन् । घाइतेमध्ये टाउकोमा चोट लागेका दुई जनाको अवस्था गम्भीर रहेको छ ।

दुर्घटना स्थानीय समयानुसार बिहान १०ः३० बजे पालेर्मोको उपनगरमा भएको थियो । सात डिब्बा भएको यात्रुवाहक रेल एक रेलवे पुलको ट्याकमा मर्मत गर्ने ट्रेनसँग ठोक्किएको थियो । रेलवे कम्पनीले एक विज्ञप्तिमार्फत लोकोमोटिभ र पहिलो यात्रुवाहक डिब्बा पटरीबाट खसेको जानकारी गरायो । आपत्कालीन अधिकारीहरूले दुर्घटनापछि ३० जनालाई अस्पताल लगिएको रिपोर्ट गरेको बताएका छन् । यद्यपि त्यस सहरका स्वास्थ्य अधिकारीहरूले दिनको अन्त्यमा त्यो सङ्ख्या ५७ पुगेको अपडेट गरेका छन् । गम्भीर घाइते दुई जनालाई टाउकोमा चोट लागेको र उनीहरूलाई हेलिकोप्टरबाट अस्पताल लगिएको आपत्कालीन सेवा अधिकारी अल्बर्टो क्रिसेन्टीले भन्नुभयो । उहाँले अन्य अधिकांश पीडित शुक्रबार साँझसम्म डिस्चार्ज भइसकेको जानकारी गराउनुभयो । समाचार तस्बिरहरूले रेलको डिब्बा एक छेउमा खोलिएको र रेलवे पुलको धातु रेलिङहरूमा झुकेको देखाएको छ । यो यात्रु वा मर्मतसम्भार ट्रेनको गाडी हो भन्ने स्पष्ट थिएन । रासस\एएफपी

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...