भारतीय बाटो हुँदै व्यास

Published on

काठमाडौं । व्यास गाउँपालिका–१ का व्यासी सौका समुदाय दार्चुला सदरमुकाम खलङ्गाबाट भारतको बाटो हुँदै व्यास पुगेका छन् । व्यासी सौकाको कुन्चा छाङरु, व्यास र टिङ्करमा बसोबास रहेको छ ।

छाङरुबाट १२ किलोमिटर दुरीमा रहेको टिङ्कर गाउँमा गत बुधबार पहिलो पटक कुन्चा पुगेको स्थानीयले बताएका हुन् । कुन्चा खलङ्गाबाट भारतको धार्चुला हुँदै पाँच दिन लगाएर पुनः नेपाल भित्रिने स्थान हो । धार्चुलाबाट महाकाली नदीको किनारैकिनार सीतापुलसम्म र त्यहाँबाट टिङ्कर खोलाको किनारैकिनार पैदल बाटो भएर टिङ्करका बासिन्दा कुन्चा पुगेको वडाध्यक्ष अशोकसिंह बोहराले बताउनुभयो । उच्च हिमपात र जाडोका कारण ती गाउँका स्थानीय हिउँदमा दार्चुला खलङ्गामा बसाइँ सर्दै आएका छन् । हरेक वर्ष चैत, वैशाखमा भने आफ्नो थातथलो फर्किने गर्छन् । व्यासमा आफ्नो मौलिक संस्कृति र परम्परा अनुसार स्थानीयले पूजापाठ, पशुपालन र खेतीपाती व्यवसाय गर्दै आएका छन् । खलङ्गाबाट टिङ्करका लागि गाईवस्तु, खाद्यान्न र बन्दोबस्तीका सामानसहित हिँडेको समूह गाउँ पुगिसकेको स्थानीय नगेन्द्र तिङ्करीले बताउनुभयो ।

वैशाखदेखि कात्तिकसम्मको बसाइ गाउँमै हुने भएकाले स्थानीयले गाईवस्तुसँगै खाद्यान्न र बन्दोबस्तीका सामान पनि बोकेर लैजानुपर्ने समस्या रहेको छ । स्वदेशी भूमि प्रयोग गरी हिँड्ने बाटो मर्मत नहुँदा व्यासवासीले भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । स्थानीय योगेश बोहराले भारतीय बाटो प्रयोग गर्नुपर्दा भारतीय सुरक्षाकर्मीको दुव्र्यवहार सहनुपर्ने बाध्यता रहेको दुःखेसो राख्नुभयो । कुन्चा सार्ने बाटो भारत सरकारको निषेधित क्षेत्रमा पर्ने हुँदा व्यास जाँदा यहाँका स्थानीयले भारतीय पक्षको बहुयात्रा अनुमति लिएर जान पाउँछन् । गत वैशाखमा गृह सचिवको नेतृत्वमा सुरक्षा अङ्गका प्रमुखहरूले व्यास क्षेत्रको भ्रमण गरेका छन् तर पनि कुन्चा, छाङरु, व्यास र टिङ्कर बस्ने नेपाली नागरिक भारतको बाटो भएर आफ्नो भूमि आउनुपर्ने बाध्यता रहेको छ । गोरखापत्र

ताजा समाचार

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...

ढल्केबर-बारा प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबिचको विद्युत् व्यापार...