गाउँपालिकामा मातृ मृत्युदर घटाइँदै

Published on

काठमाडौं । बाँकेको डुडुवामा मातृ मृत्युदर उच्च भएकाले गाउँपालिले मृत्युदर घटाउने अभियान सुरु गरेको छ । नियन्त्रणका लागि प्रभावकारी व्यवस्थापन गर्नुपर्नेमा जनप्रतिनिधिले जोड दिएका छन् । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशद्वारा नेपालगन्जमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी डुडुवाका जनप्रतिनिधिले मातृ मृत्युदर घटाउन विशेष ध्यान दिई प्रभावकारी सेवा प्रदान गर्नुपर्ने बताएका छन् । डुडुवामा स्वास्थ्य क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गरिएकाले मातृ मृत्युदर घटाउन रणनीति बनाएर काम गर्न आग्रह गर्दै गाउँका गर्भवती महिलालाई सुविधा सम्पन्न स्वास्थ्य संस्थामा प्रसूति गराउनुपर्ने सुझाव दिएका छन् ।

समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरी महिलालाई सचेत बनाउनु पर्ने डुडुवा –५, का वडा अध्यक्ष झंकबहादुर थापाले बताउनुभयो । निर्देशनालयले प्रस्तुत गरेको तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशमा बाँके जिल्ला संस्थागत प्रसूति दर उच्च रहे पनि मातृ मृत्युदर बढेको छ । संस्थागत प्रसूति सेवामा १६८ प्रतिशतले सेवा लिएका छन् । डुडुवा गाउँपालिकामा ८३ प्रतिशतले सेवा लिएको निर्देशनालयका तथ्याङ्क अधिकृत मानबहादुर वलीले बताउनुभयो । उहाँको अनुसार डुडुवामा आर्थिक वर्ष २०८०–८१ मा दुई जना आमाको ज्यान गएको छ । गोरखापत्र

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...