प्रतिनिधिसभा बैठक दिउँसो २ बजेका लागि सर्‍यो

Published on

काठमाडौं । आइतबार विहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक दिउँसो २ बजेका लागि सारिएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गर्दै बैठकको समय सरेको जानकारी गराउनुभएको हो ।

सहकारी विषयमा छानबिन गर्न संसदीय समिति बनाउने विषयमा दलका शीर्ष नेताहरुमा शनिबार सहमति भएअनुसार आज कार्यदलको बैठकले टिओआर बनाउने गृहकार्यमा जुटेकाले बैठकको समय सारिएको सभामुखको सचिवालयका सदस्यहरुको भनाइ छ । कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । आज बिहानदेखि कार्यदलले टिओआर विषयमा गृहकार्य गरिरहेको बताइएको छ । “सभामुखले सभाको बैठक आजै दिनको २ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ” महासचिवद्वारा जारी सूचनामा भनिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...