सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथाको सफल आरोहण

Published on

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको इतिहासमा पहिलो पटक सङ्गठनको प्रतिनिधित्व गर्नुहुँदै सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । सशस्त्रका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार उहाँले जेठ ७ गते सोमबार बिहान १०ः२० बजे सगरमाथाको सफल आरोहण गर्नुभएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागबाट २०८० साल चैत्र २८ गते हिमशिखर आरोहण अनुमति प्राप्त गरी ‘एलिट एक्सपेड नेपाल एपिएफ सगरमाथा आरोहण २०२४’ नामक पर्वतारोही दलको नेतृत्व गर्नुहुँदै शेर्पा एक्सट्रिम प्रा।लि।मार्फत सशस्त्र प्रहरी निरीक्षक पौडेल सगरमाथामा आरोहणका लागि गत चैत ३० गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । उहाँले यस बिचमा सगरमाथासँगै रहेको लुबुचे हिमालको समेत सफल आरोहण गर्नुभएको सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । गत जेठ ३ गते सशस्त्र प्रहरी निरीक्षक पौडेलसहितको आरोहण टोली सगरमाथाको चुचुरोतर्फ प्रस्थान गर्नुभएको थियो । सशस्त्र प्रहरी बल, नेपालले उत्तरतर्फको कठिन भूगोलमा समेत आफ्नो उपस्थिति जनाउनुहुँदै लगेको अवस्थामा यस आरोहणले आगामी दिनमा हिमाली भेगमा हुने विपद् व्यवस्थापन कार्यमा समेत सहयोग पुग्ने सङ्गठनले अपेक्षा लिएको छ ।

हिमाली भेगमा हुने विपद् व्यवस्थापन उद्धारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपालले पर्वतिय उद्धार तालिम शिक्षालय स्थापना गरिसकिएको छ । यसबाट दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएअनुरुप सगरमाथाको सफल आरोहणले त्यस प्रकारका तालिमलाई समेत गुणस्तरीय बनाउन मद्दत पुग्नेछ । विश्वको सर्वोच्च शिखर सगरमाथा सीमा क्षेत्रसमेत रहेकाले नेपालको होचो भू–भाग झापा जिल्लाको केचनाकवलदेखि सीमाको अधिकतम उचाइसम्म सशस्त्र प्रहरी बल, नेपालको उपस्थितिको रुपमा समेत सङ्गठनले यसलाई लिएको छ । जेठ ७ गते सोमबार १०ः२० बजेको समयमा सशस्त्र प्रहरी निरीक्षक पौडेलले उत्तरी सीमानामा पर्ने विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकै समयमा दक्षिणी सीमाना नजिक पर्ने झापाको ५८ मिटर उचाइमा रहेको केचनाकवलमा बि।ओ।पि। केचनाबाट सशस्त्र प्रहरी निरीक्षक केशव मैनाली कमाण्डको टोली पुग्नुभएको थियो । यसरी सबैभन्दा अग्लो र होचो भूभागमा सशस्त्र प्रहरीका अधिकृत तथा गस्ती टोली एकैसाथ पुग्नुभएको छ ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...