बौद्धदर्शन मानव समुदायका लागि प्रेरणादायी छ : अध्यक्ष नेपाल

Published on

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विश्व शान्ति तथा मानव कल्याणका लागि बुद्धले प्रतिपादन गर्नुभएको अहिंसाको दर्शन मानव समुदायका लागि प्रेरणादायी भएको बताउनुभएको छ ।

शान्तिका अग्रदूत गौतमबुद्धको २५६८औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश निकालेर उहाँले बुद्धले प्रतिपादन गरेका अहिंसा, शान्ति, करुणा, मानव अधिकार र उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेका बताउनुभएको छ । बौद्ध उपदेश, शिक्षा र मार्गदर्शनलाई अवलम्बन गर्न सकेमा एकापसमा सद्भाव तथा सहिष्णुता कायम हुने विश्वास व्यक्त गर्दै अध्यक्ष नेपालले बुद्धका विचार अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । यसैबीच, उहाँले उँभौली पर्वका अवसरमा सम्पूर्ण किरात समुदायको सुख शान्तिको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको छ । रासस

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...