मदन भण्डारी राजमार्ग दैनिक १२ घण्टा बन्द हुने

Published on

काठमाडौं । मदन भण्डारी राजमार्ग दैनिक १२ घण्टा बन्द हुने भएको छ । मदन भण्डारी राजमार्गको रिडी–तम्घास सडक खण्डमा २५ किलोमिटर सडक स्तरोन्नति कार्य गर्नका लागि जेठ १८ गतेदेखि असार १६ गतेसम्म दैनिक १२ घण्टा बन्द हुने भएको हो ।

बिहान १० बजेदेखि साँझ ४ बजेसम्म र राती १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय गुल्मीले एक सूचना जारी गर्दै जनाएको छ । सडकको केही स्थानमा चट्टान फोर्ने र सडकको ग्रेड मिलाउने लगायतका कार्य गर्न भन्दै मदन भण्डारी राजमार्गको रिडी–तम्घास सडक खण्डको २५ किलोमिटर राजा सम्म समान्तर इलाइट जेभीले निर्माण कार्य गर्दै आएको छ । सडकमा कटिङ र स्तरोन्नति को काम गर्न करिब २२ वटा जेसिबी डोजर प्रयोग गरेर काम भइरहेको आयोजनाले जनाएको छ । राजमार्गमा ७० प्रतिशत सडकको कटिङको कार्य सकिएको समानान्तर इलाइट जेभीका इन्जिनियर राकेशकुमार पासवानले जानकारी दिनुभयो । सडकमा सवारी साधनले काम गर्न अवरोध गर्ने भएपछि समय तोकेर बन्द गरेरै काम हुँदै आएको छ । सवारी साधनको वृद्धिसँगै पुरानो बाटोले साँघुरो हुँदै गएपछि रिडीबाट तम्घाससम्मको ४५ किलोमिटर सडक विस्तार हुँदैछ । पहिलो चरण २५ किलोमिटर सडक स्तरोन्नतिसँगै कालोपत्रे हुन लागेको हो । २०७९ साल फागुन २८ गते सम्झौता भई २०८२ साल फागुन २५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने समय अवधि छ । एक अर्ब ५० करोड ४८ लाख ३२ हजार ९५९ रुपियाँको लागतमा सडक स्तर उन्नति र कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भएको छ । सडक बन्द भएसँगै वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीको अनुरोध छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...