बाच्छी गाइले नब्याउँदै दियो दैनिक अढाई लिटर दुध

Published on

काठमाडौं । मोरङको पथरीशनिश्चरे –९ रिगुवाकी इन्दिरा गौतमले पाल्नु भएको बाच्छी नब्याएको कोरली गाईले दैनिक अढाई लिटर दुध दिन थालेको छ । गाईले २०८० साल भदौ १० गतेदेखि दैनिक दुध दिन थालको उहाँको भनाइ छ ।

गौतमले पाँच हजार रुपियाँमा स्थानीय पशु हाटबाट ९ महिनाको बाच्छी किनेर ल्याउनुभएको थियो । किनेर ल्याएको सात महिनापछि गाईको फाँचोमा दुध भरियो । गौतमले भन्नुभयो, “पशु चिकित्सकको सल्लाह बमोजिम दुहुन थाल्यौँ । सुरुमा बिहान २५० मिलिमिटर र साँझ २५० मिलिमिटर दुध दिएको गाईले पछि बिहान बेलुका एक–एक लिटर दुध दिन थाल्यो । अरू गाईजस्तै दुध दिन्छ । खाँदा स्वाद फरक छैन । ९ महिना भयो, हाल बिहान मात्र दुध दुन्छौं । पशु विज्ञ केन्द्र मोरङका वरिष्ठ पशु चिकित्सक डा। अजयकुमार साह उच्च हर्मोनको विकासका कारण नब्याएको गाईले दुध दिने गरेको बताउनुभयो । यो अत्यन्तै दुर्लभ केस हो । उहाँले फिल्डमा हिँड्दा अहिलेसम्म मुस्किलले ३–४ वटा गाईमा यस्तो भेटिएको बताउनुभयो । ‘मस्तिष्क ग्रन्थिबाट बन्ने शरीरको रसायन नै झोल बन्छ र दुध बनेर निस्कन्छ । दुध बन्ने प्रक्रिया सबै एउटै हो । तर नब्याएको गाईले हर्मोनमा गडबडी हुँदा दुध दिन्छ’, उहाँले भन्नुभयो । यो दुध खान कुनै समस्या नहुने डा। साहले बताउनुभयो । गाईधनी गौतमले पितृ कर्ममा गाईको दुध प्रयोग नगर्न आफूभन्दा बुढापाकाले सुझाएका कारण हालसम्म खानमा मात्र प्रयोग गरिरहेको बताउनुभयो । गोरखापत्र

ताजा समाचार

युवालाई स्वदेशमै व्यवस्थापन गर्ने प्रयास भएको छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली युवाहरु रोजगारीको खोजीमा ठुलो संख्यामा बाहिर गइरहेको...

भाटभटेनीको समान बोकेको गाडीमा अवैध विद्युतीय चुरोट

काठमाडौँ । भाटभटेनी सुपर मार्केटको सामान ल्याइएको डिब्बामा भन्सार जाँच पास नगराई अवैध रूपमा...

परराष्ट्रमन्त्री राणा र युक्रेनका विदेशमन्त्रीबिच वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा...

१०औँ राष्ट्रिय खेलकुदको मस्कट ‘रेडपान्डा’

काठमाडौँ । कणाली प्रदेशमा आगामी जेठ ३ देखि १० गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय...