टी–२० विश्वकप

Published on

काठमाडौं । क्रिकेटको छोटो संरचनाको महाकुम्भ आज सुरु हुँदै छ । अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा हुने आइसिसी टी–२० विश्वकपमा नेपालले पनि सहभागिता जनाउँदै छ । त्यसैले यो विश्वकपको ज्वरोले नेपालीलाई अझ च्यापेको छस जुन एक महिना नभई निको हुने छाँट देखिँदैन । यसपालि आइसिसीले टी–२० विश्वकपमा चार टिम बढाएर २० टिमलाई सहभागी गराएको छ । विश्वका यी २० उत्कृष्ट क्रिकेट टिमबिच सर्वश्रेष्ठ चयन गर्न २९ दिन लगाएर ५५ खेल खेलिने छ । सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ । एक समूहमा पाँच टिम रहने छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्ने छन् । सुपर–८ मा दुई समूह हुने छन् । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्ने छन् । त्यसपछि असार १५ गते विश्वकप ट्रफी उचाल्ने टिमको निर्णय हुने छ । २०र२० ओभरको क्रिकेट सन् २००३ जुनमा मात्र सुरु भएको हो । क्रिकेटका विभिन्न संरचनामध्ये टी–२० अहिले सबभन्दा रुचाइएको स्वरूप हो । अन्य स्वरूपमा ‘टेस्ट क्रिकेट’ पाँच दिन र ‘वनडे क्रिकेट’ एक दिन चल्ने भएकाले परिणाम र समयको हिसाबले क्रिकेटको क्रेज कम हुँदै गयो । यो खेल कम मुलुकमा खेलिन थाल्यो । त्यसपछि यो खेलको समय घटाउने आवश्यकता महसुस गरी टी–२० क्रिकेटको प्रचलन सुरु भएको होस जुन निकै सफल भयो । त्यसले पनि आइसिसीले टी–२० विश्वकप प्रत्येक दुई वर्षमा आयोजना गर्छ । प्रायः विश्वकप प्रत्येक चार वर्षमा आयोजना हुने गर्छ । आइसिसीले नै आयोजना गर्ने एकदिवसीय क्रिकेटको विश्वकप प्रत्येक चार वर्षमा मात्र हुने गर्छ तर आइसिसीले टी–२० लाई अझ लोकप्रिय बनाउन दुईरदुई वर्षमा विश्वकप टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने निर्णय लिएको होस जसको नवौँ संस्करण हुन लागेको छ ।

दोस्रो पटक विश्वकप खेल्दै नेपाल

गत वर्ष आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र क्वालिफायरको सेमिफाइनलमा परम्परागत प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स ९युएई० लाई हराएर नेपाल विश्वकपमा खेल्नयोग्य भएको हो । नेपालले दोस्रो पटक टी–२० विश्वकपमा खेल्दै छ । १० वर्षपछि विश्वकपमा पुनरागमन गरेको नेपालले सन् २०१४ मा बङ्गलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । त्यसपछि नेपाल लगातार अन्तिम समयमा प्रत्येक टी–२० विश्वकपमा छनोट हुनबाट वञ्चित हुँदै आएको थियो । पछिल्लो पटक टी–२० विश्वकप खेल्दा नेपालले तीनमध्ये दुई खेलमा दुर्लभ जित निकालेर आफ्नो सहभागितालाई सम्झनलायक बनाएको थियो । अफगानिस्तान र हङकङलाई हराएपछि आयोजक बङ्गलादेशसँग पराजित हुँदा रनरेटका आधारमा मात्र नेपाल सो टी–२० विश्वकपको अघिल्लो चरणमा स्थान बनाउन असफल भएको थियो । यस १० वर्षमा नेपाली क्रिकेटले विश्वमा आफ्नो छवि अझ उच्च पारिसकेको छ । पहिलो पटक विश्वकप खेल्दा सानो माछाको रूपमा आकलन गरिएको नेपाल अब उलटफेर गर्न सक्ने टिम बनिसकेको छ । पछिल्लो एक वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार फड्को मारिरहेकाले पनि नेपाललाई यस पटक केही अनपेक्षित नतिजा निकाल्न सक्ने टिमका रूपमा हेरिएको छ । पछिल्लो संस्करणमा खासै भाउ नदिए पनि यसपालिको टी–२० विश्वकपमा नेपाल हेर्नलायक टिमका रूपमा रहेको छ । नेपाली समर्थकले पनि नेपालले यसपालि पछिल्लो पटकको सहभागितामा भन्दा थप उपलब्धि हासिल गर्ने आशा गरेका छन् । नेपाली क्रिकेटरहरूले पनि नेपाली जनतालाई खुसी बनाउन भरमग्दुर प्रयास गर्नेमा कसैको विमति हुन सक्दैन । नेपाली क्रिकेटरहरू राष्ट्रिय भावनाले ओतप्रोत छन्स जुन ठुलो कारक हुन सक्छ । अझ स्टार स्पिनर सन्दीप लामिछानेलाई आयोजक अमेरिकाले भिसा नदिएपछि टिम आहत छस जुन यस विश्वकपमा राम्रो गर्ने प्रेरणा पनि हुन सक्छ । विश्वमा क्षमतासँगै भावना मिसिँदा चमत्कार भएका धेरै उदारहण छन् । यसपालि विश्वकपको तयारीका लागि भने उसमा औँला उठाउने ठाउँ छैन । नेपाली क्रिकेट टिम निरन्तर उच्चस्तरीय क्रिकेट खेलेर विश्वकपमा सहभागी हुँदै छ । म्याच प्राक्टिस सबभन्दा राम्रो तयारी हो । अझ अमेरिका र वेस्ट इन्डिजको हावापानीमा भिज्न सबभन्दा पहिले त्यहाँ पुग्ने टिम नेपालको हो जसले विश्वकपमा नेपाललाई अवश्य फाइदा पु¥याउने छ । यसबाहेक नेपालले घरेलु मैदानमा वेस्ट इन्डिज ‘ए’, आयरल्यान्ड ‘ए’ सँग टी–२० शृङ्खला खेलेको छ । तयारीकै क्रममा सहभागी भएको भारतको गुजरातमा भएको एसएमएस फ्रेन्डसिप कपको उपाधि हात पा¥यो । ओमानमा भएको एसिसी प्रिमियर कपमा पनि सहभागिता जनायो । यसले नेपाललाई ठुला खेलको दबाब झेल्न सहयोग पु¥याउने विश्वास गर्न सकिन्छ ।

यसपालिको विश्वकपमा नेपालले ब्याटिङबाट अपेक्षा गरेको छ । विश्वकपमा नेपालको प्रदर्शन कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको खेलमा भर पर्ने छ । यस विश्वकपमा नेपाललाई लामो यात्रा तयार गर्ने यात्रामा महìवपूर्ण खेलाडीका रूपमा कप्तान रोहित पौडेललाई लिइएको छ । विश्वकप टी–२० २०२४ कै सबभन्दा कम उमेरका कप्तान २१ वर्षीय रोहितले आफ्नो कप्तानी मात्र होइन, ब्याटिङमा पनि राम्रो लय देखाउनुभएको थियो । गत महिना बलियो वेस्ट इन्डिज ‘ए’ विरुद्धको टी–२० शृङ्खलामा रोहित चार पालिमा एक शतक र दुई अर्धशतकसहित सर्वाधिक रन बनाएर प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुनुभएको थियो । विश्वकपमा रोहितको लय नेपालका लागि महìवपूर्ण बन्ने पक्का छ । अलराउन्डर दीपेन्द्र नेपाली टिमका तुरुपको एक्का हुनुहुन्छ । गत वैशाखमा भएको एसिसी प्रिमियर कपमा कतारविरुद्ध एकै ओभरमा दीपेन्द्रले छ छक्का प्रहार गर्नुभएको थियो । गत सेप्टेम्बरमा भएको होङजाउ एसियाडमा पनि दीपेन्द्रको ब्याट्बाट लगातार छ बलमा छ छक्का निस्केको थियो । सो एसियाडमा लगातार छ छक्कासहित कुल नौ बलमा विश्व कीर्तिमान अर्धशतक बनाएर दीपेन्द्रले विश्व क्रिकेटको ध्यान आफूप्रति तान्नुभएको थियो ।

दीपेन्द्रको सो अकल्पनीय पालिसँगै भारतका युवराज सिंहले १२ बलमा अर्धशतकको विश्व कीर्तिमान भङ्ग भएको थियो । दीपेन्द्रको सर्वाधिक तेज अर्धशतकको विश्व कीर्तिमान अमर रहने पक्का छ । कुशल मल्लको नाममा पनि टी–२० मा दोस्रो तेज शतकको कीर्तिमान छ । यसै गरी कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, अनिल शाह सबै टी–२० ‘फ्लेभर’ दिने ब्याट्सम्यान हुनुहुन्छ । टी–२० क्रिकेटलाई ब्याट्सम्यानको खेल भन्दा फरक पर्दैन । पिच, नियम सबै ब्याट्सम्यानकै अनुकूल बनाइएको हुन्छस जहाँ ‘डट’ बल खेल्नुलाई पाप मानिन्छ । ‘रन अ बल’ को पालि खेल्ने ब्याट्सम्यान अर्धशतक अथवा शतक नै बनाए पनि आलोचनाका पात्र हुन्छन् । नेपालले भने यो पक्षमा चिन्ता लिनुपर्ने देखिँदैन, नेपालको ब्याटिङमा गहराइ छ । सबै जसो ब्याट्सम्यान चौका, छक्का प्रहार गर्दै तेज गतिमा रन बनाउन माहिर छन् । १० नम्बरमा क्रिजमा आउने खेलाडीमा पनि ब्याट्बाट खेल जिताउन सक्ने क्षमता छ । सागर ढकाल, ललित राजवंशी र अविनाश बोहराबाहेक सबै खेलाडी ब्याटिङ गर्न सक्छन् । त्यसैले ब्याटिङ नै नेपालको ताकत हुने छ । परम्परागत रूपमा नेपालको बलिङ सधैँ शक्तिकै रूपमा रहिआएको छ । तर यसपालि बलिङमा नेपाल भर पर्न सक्ने स्थिति छैन । सन्दीप लामिछानेको अनुपस्थितिमा नेपालको बलिङ सामान्य देखिएको छ । करण केसी र सोमपाल कामीले आफ्नो अनुभवको भरपूर प्रयोग गर्नुपर्ने छ । स्पिन विभाग ललित राजवंशीको नेतृत्वमा हुने छ । गुलसन झा, कुशल मल्ल, कुशल भुर्तेल र दीपेन्द्र जस्ता अलराउन्डरले पनि बलिङमा उचित भूमिका निर्वाह गर्नुपर्ने पक्का छ । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको पछिल्लो एक वर्ष स्वर्णिम युग नै भने हुन्छ तर नेपाल ठुला टिमसँगको परीक्षामा अझै पनि उत्तीर्ण हुन सकेको छैन । यस विश्वकपमा नेपाल कठिन समूह ‘डी’ मा श्रीलङ्का, दक्षिण अफ्रिका, बङ्गलादेश र नेदरल्यान्ड्ससँग रहेको छ । यस समूहबाट अर्को चरणमा पुग्ने अपेक्षा नभए पनि नेपालले उलटफेर गर्न सक्ने सम्भावना छ । यस समूहबाट दक्षिण अफिका र श्रीलङ्का सुपर आठमा पुग्ने अनुमान गरिएको छ ।

उपाधि दाबेदारहरू

टी–२० क्रिकेटको यस्तो संरचना होस जसमा ब्याट्सम्यान पहिले बलबाटै रन बनाउन आतुर हुन्छन् । छरसात ओभरमै ६०र७० रनको सुरुवात, २० ओभरमा दुई सय रन बन्न सकिने स्थिति । चौका र छक्काको बर्सात । करिब साढे तीन घण्टामा खेल समाप्त । त्यसैले यसमा एक ब्याट्सम्यान तथा एक बलर चम्कँदा पनि खेलको नतिजामा फरक पर्न सक्छ । यसैले पनि यस पटकको विश्वकपमा उपाधि दाबेदारको आकलन गर्न गाह्रो छ । टी–२० मा एक दुई ओभरमै अथवा सानो गल्तीमा पनि हारजितको स्थिति उल्टने हुने हुँदा पूर्वानुमान गर्न कठिन छ । यद्यपि लाइनअप, पछिल्ला प्रदर्शन, अनुभव र वरीयतालाई केलाउँदा यसपालि भारत, इङ्ग्ल्यान्ड र अस्टे«लियालाई प्रमुख उपाधि दाबेदारका रूपमा हेरिएको छ । आयोजक वेस्ट इन्डिजलाई पनि घरेलु मैदानमा खेल्ने र टी–२० का विशेषज्ञ खेलाडीहरूको भरिभराउ टिम भएकाले पनि उपाधि दाबेदार मानिएको छ । यद्यपि न्युजिल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान र श्रीलङ्का जस्ता टिमलाई पनि बेवास्ता गर्न सकिँदैन । भारतलाई विश्वकप जित्ने प्रमुख दाबेदार हो भन्दा फरक पर्दैन । सन् २००७ मा पहिलो संस्करण जित्ने टिम हो, भारत । भारतले त्यसपछि भने सोही गौरव हासिल गर्न सकेको छैन । यद्यपि भारतलाई टी–२० वरीयतामा शीर्ष स्थान प्राप्त छ । त्यसैले पनि भारतमाथि बाजी लगाउने धेरै छन् । रोहित शर्माको नेतृत्वमा रहेको भारतीय टिममा अनुभव र प्रतिभाशाली युवा खेलाडीको सम्मिश्रण छ । रोहितसँगै विराट कोहली, हार्दिक पाण्ड्या र जस्प्रित बुमराह विश्व क्रिकेटका ठुला नाम हुन् । यद्यपि कप्तान रोहित र उपकप्तान हार्दिकको आइपिएलमा खराब प्रदर्शनले भारतीय टिम अलि सशङ्कित छ । सन् २०१३ मा इङ्ग्ल्यान्डमा च्याम्पियन्स ट्रफी जितेपछि भारतले प्रमुख नकआउट प्रतियोगिता जित्न सकेको छैन ।

इङ्ग्ल्यान्डलाई क्रिकेटमा परम्परावादी भन्ने गरिन्छ तर क्रिकेटको निरन्तर बदलिँदो स्वरूपको धेरै श्रेय इङ्ग्ल्यान्डलाई नै जान्छ । एकदिवसीय क्रिकेटको सुरुवात इङ्ग्ल्यान्डबाटै भएको हो । टी–२० क्रिकेट पनि इङ्ग्ल्यान्डबाटै भएको हो । सन् २०१० मा पहिलो पटक विश्वकप टी–२० जितेको इङ्ग्ल्यान्ड यस पालि पनि उपाधि रक्षा अभियानमा रहने छ । जस बटलर, विल जेक्स, फिल साल्ट, जोनी बेरिस्टो, हेरी ब्रुक, लियाम लिभिङ्स्टन र साम करणको उपस्थितिमा इङ्ग्ल्यान्डको ब्याटिङ सशक्त छ । तेज बलर जोफ्रा आर्चरको टिममा पुनरागमन अङ्ग्रेजी टिमका लागि बोनस नै हो यद्यपि आर्चरको फिटनेसलाई लिएर भने शङ्काउपशङ्का छन् । गत वर्ष इङ्ग्ल्यान्ड एकदिवसीय विश्वकपको उपाधि रक्षा अभियानमा नराम्ररी असफल भएको थियो । इङ्ग्ल्यान्डलाई टी–२० विश्वकपको उपाधि रक्षा अभियानमा त्यसरी नै चिप्लिने त होइन भन्ने डर पनि छ । इङ्ग्ल्यान्डको अहिलेको पहिचान निडर भएर क्रिकेट खेल्ने टिमका रूपमा रहेको छस जुन टी–२० मा सबभन्दा चाहिने गुण हो । अस्ट्रेलिया एकदिवसीय क्रिकेटको बादशाह टिम हो । अस्ट्रेलियाले एकदिवसीय विश्वकप मात्र छ पटक जितिसकेको छ । यद्यपि क्रिकेटको यो नयाँ संरचनाको विश्वकप भने अस्ट्रेलियाले एक पटक मात्र जितेको छ । अहिले पनि एकदिवसीय विश्वकप र आइसिसी विश्व टेस्ट विजेता अस्ट्रेलिया सन्तुलित टिम हो । यस विश्वकपमा मिचेल मार्स, प्याट कमिन्स, जोस हेजलउड, ट्रेभिस हेड, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, डेभिड वार्नर, एडम जाम्पा जस्ता अनुभवी खेलाडी अस्ट्रेलियाको ताकत हुने छ ।

आयोजक वेस्ट इन्डिज तेस्रो पटक विश्वकप

टी–२० जित्ने पहिलो टिम बन्ने धुनमा घरेलु मैदानमा खेल्ने छ । क्रिकेटका अन्य संरचनामा खस्कँदै गए पनि वेस्ट इन्डिज टी–२० संरचनामा निकै सशक्त टिम हो । वेस्ट इन्डिजका प्रायः सबै खेलाडी आइपिएल र बिग ब्यास जस्ता टी–२० प्रतियोगितामा छाएकै कारण पनि वेस्ट इन्डिज हेर्नलायक टिम हो । अझ घरेलु मैदान, अनुकूल हावापानी र समर्थकको ऊर्जाले वेस्ट इन्डिजलाई हराउन अन्य टिमलाई कठिन हुने छ । इतिहास पल्टाउने हो भने अहिलेसम्म कुनै टिमले आफ्नो जमिनमा विश्वकप नजितेको तीतो तथ्य पनि छ । वेस्ट इन्डिजले यसपालि सो इतिहास बदल्न सक्छ । यसै गरी न्युजिल्यान्ड सधैँ विश्वकप जस्ता प्रतियोगितामा राम्रो गर्ने टिम हो । यसपालि पनि न्युजिल्यान्डको टिम सन्तुलित छ । एडेन माक्रमको नेतृत्वमा खेल्ने दक्षिण अफ्रिका पनि जुनसुकै टिमलाई हराउने क्षमता भएको टिम हो । त्यसैले दक्षिण अफ्रिकालाई पनि बेवास्ता गर्न मिल्दैन तर ठुला प्रतियोगितामा राम्रो गर्न नसकेकाले दक्षिण अफ्रिकालाई चोकर्सको उपनाम दिइएको छ । पाकिस्तान जहिले पनि विश्वकप दाबेदारका रूपमा रहेको हुन्छ । पाकिस्तानले एक पटक टी–२० विश्वकप पनि जितिसकेको छ । पाकिस्तानी टिममा प्रतिभाशाली क्रिकेट खेलाडीको कमी कहिल्यै खट्किन्न । पाकिस्तानले पछिल्लो संस्करणमा फाइनल खेलेको थियो । यसैलै पाकिस्तानलाई पनि उपाधि दाबेदारको होडबाट बाहिर राख्न सकिँदैन । एसियाका अन्य तीन टिम श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तानलाई अन्डरडग टिमको रूपमा लिइएको छ । अन्य १० एसोसिएट टिम एक दुई खेल जितेर प्रतियोगितामा केही उलटफेर गर्ने प्रयासमा हुने छन् ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...