सहिद तथा द्वन्द्वपीडित परिवारलाई मेलमिलाप अभिमुखीकरण

Published on

काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं। ६ का सहित तथा द्वन्द्वपीडित परिवारलाई मेलमिलाप प्रवर्द्धन अभिमुखीकरण प्रदान गरिएको छ ।

सहित तथा द्वन्द्वपीडित कार्यक्रमअन्तर्गत शान्ति सद्भाव तथा मेलमिलाप प्रवर्द्धन अभिमुखीकरण प्रदान गरिएको ६ नम्बर वडाका अध्यक्ष लवराज खरेलले जानकारी दिनुभयो । तत्कालीन द्वन्द्वकालमा वडा भित्र रहेका बेपत्ता, घाइते तथा सहिद गरी ३५ द्वन्द्वपीडित परिवारलाई दुई दिने मेलमिलाप प्रवर्द्धन अभिमुखीकरण प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । तत्कालीन समयमा सरकार पक्ष र विद्रोही पक्ष दुवै पक्षबाट पीडित बनेका द्वन्द्वपीडित परिवारले एकले अर्को पक्षलाई हेर्ने दृष्टिकोण अझै पनि सकारात्मक नदेखिएको वडाध्यक्ष खरेलले बताउनुभयो । एउटै समाजमा बस्ने तर एक पक्षले अर्को पक्षलाई हेर्ने दृष्टिकोणमा अझै पूर्णरुपमा सकारात्मक नदेखिएको हुँदा दुवै पक्षबाट पीडित बनेका द्वन्द्वपीडित परिवारलाई एकै ठाउँमा राखेर मेलमिलापमार्फत् सकारात्मक बन्नुपर्छ भन्ने सन्देश दिनका लागि यस्तो कार्यक्रम गरिएको उहाँको भनाइ छ ।

सहिद तथा द्वन्द्वपीडित परिवारलाई हेर्ने तथा रेखदेख गर्ने जिम्मेवारी सरकारको उत्तरदायीत्व भएको हुँदा स्थानीय वडा सरकारले कार्यक्रममा सहभागी हुनुभएका वडाका ३५ सहिद तथा द्वन्द्वपीडित परिवारलाई एक एक वटा छाता र एक एक वटा त्रिपाल वितरण गरिएको वडाध्यक्ष खरेलले जानकारी दिनुभयो । वडा कार्यालयको एक लाख ५० हजार रुपियाँको आर्थिक सहयोगमा उत्तरहब्रहवा सिधनवा टोल विकास संस्थाले शुक्रबार र शनिबार गरी दुईदिने उक्त कार्यक्रमको आयोजना गरेको ६ नं। वडा कार्यालयले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

किशोरी इनिसाको बलात्कारपछि हत्या: कानुन संशोधनको माग

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई...

मध्यपूर्वमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारसँग श्रमविज्ञको आग्रह

काठमाडौं । श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली...

छ वर्षपछि चीन-उत्तर कोरिया रेल सेवा पुनः सुरु

काठमाडौं । करिब छ वर्षपछि उत्तर कोरिया र चीनबीचको रेल सेवा पुनः सञ्चालनमा आएको...

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

काठमाडौं । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिकाले विज्ञापन सामग्री...