काठमाडौँका ४७३ निजी विद्यालयबाट १८ हजार विद्यार्थीलाई छात्रवृत्ति (नामावली सहित)

Published on

काठमाडौं । काठमाडौँका ४७३ निजी विद्यालयले १८ हजार ४२२ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु पर्ने भएको छ । काठमाडौँ महानगरपालिका भित्र रहेका संस्थागत विद्यालयहरुले कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूका लागि कम्तीमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनु पर्ने भएको छ ।

काठमाडौँ महानगरपालिकाले बिहीबार विद्यालयको नाम र छात्रवृत्ति उपलब्ध गराउनु पर्ने विद्यार्थी सङ्ख्या सहितको सूचना प्रकाशन गरेको छ । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५, शिक्षा नियमावली, २०५०, काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ तथा काठमाडौँ महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली, २०७४ अनुसार काठमाडौँ महानगरपालिका भित्र सञ्चालित सबै संस्थागत विद्यालयले कम्तीमा १० प्रतिशत छात्रवृत्ति रीतपूर्वक वितरण गर्नुपर्ने व्यवस्था लागु गर्न महानगरले पहल सुरु गरेको छ । हालसम्म अन्य क्षेत्रमा यो व्यवस्था लागु हुन सकेका छैन । निजी विद्यालयहरूले विद्यार्थी माथि चर्को सुल्क मात्र सङ्कलन गर्ने तर छात्रवृत्ति भने नदिने गरेको महानगरको अनुगमनले देखाएको छ । केही विद्यालयले भने प्रक्रिया विना नै आफन्त र आफूखुसी मन खुसी पाराले छात्रवृत्ति उपलब्ध गराउने गरेको समेत पाइएको छ । गरिब जेहेन्दार र अध्यनशिल विद्यार्थीका लागि यो छात्रवृत्ति उपलब्ध गराउनु पर्ने महानगरले जनाएको छ ।

यो व्यवस्था कार्यान्वयन गराउन पटक पटक अनुरोध गरेपछि जेठ २३ गते सम्ममा देहायका ४७३ संस्थागत विद्यालयहरूले विवरण उपलब्ध गराएका सूचनामा उल्लेख गरेको छ । यसै साथ अन्य छात्रवृत्ति विवरण पेस हुन बाँकी रहेका विद्यालयहरूले तीन दिन भित्र कार्यालयमा विवरण उपलब्ध गराउन सूचित गरेको छ । विवरण उपलब्ध नगराउने विद्यालयलाई कारबाही गर्ने र कुनै जोखिम या असर परे त्यसको जबाफदेहिता विद्यालय स्वयंले व्यहोर्नु पर्ने महानगरले जनाएको छ ।

spot_img

ताजा समाचार

एनपीएल फाइनल: टस जितेर सुदूरपश्चिमले रोज्यो पहिले बलिङ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि भइरहेको फाइनलमा सुदूरपश्चिम...

शान्ति सम्झौताको २० वर्ष पुग्दा पनि द्वन्द्वपीडितले न्याय पाएनन् : इन्सेक

काठमाडौं – विस्तृत शान्ति सम्झौता भएको २० वर्ष पूरा हुँदासमेत द्वन्द्वपीडितले न्याय र परिपूरण...

एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि आज लुम्बिनी लायन्स...

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त आह्वान

काठमाडौं – सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त सञ्चालक समिति अध्यक्ष पदका लागि दरखास्त आह्वान...