डाक्टर र नर्सले पाएको लाइसेन्सलाई कमजोर ठान्नु हुँदैनः मन्त्री यादव

Published on

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले सरकारले परीक्षा लिएर लाइसेन्स दिएका चिकित्सकहरुको क्षमतामा प्रश्न उठाउन नहुने बताउनुभएको छ । बिहीबारको राष्ट्रिय सभा बैठकमा विनियोजित विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले लिने परीक्षा जालझेल रहित रहेकाले चिकित्सक र नर्सहरु दक्ष रहेको बताउनुभयो । मन्त्री यादवले सरकारले चिकित्सकहरुसँग स्वच्छ रुपले परीक्षा लिने र नतिजा निकाल्ने गरेको पनि जिकिर गर्नुभयो । उहाँले देशभर खटिएका ५० हजारभन्दा बढी स्वयंसेविकाहरुको बारेमा राज्यले सोच्न आवश्यक रहेको बताउनुभयो ।

‘‘जुन प्रकारले मेडिकल अफिसर, स्टाफ नर्सको नेपाल सरकारले लाइसेन्सको परीक्षा लिन्छ, नतिजा निकाल्छ । जन लाइसेन्स दिइरहेका छौँ । त्यो एकदमै टाइट छ । त्यसमा कुनै जालझेल छैन । एकदमै फेयर छ । लाइसेन्स जुन निकालेर जुन डाक्टरसाव, स्टाफ नर्स, एचए जो स्वास्थ्यकर्मी हुनुहुन्छ, उहाँहरुले पाएको लाइसेन्सलाई कमजोर ठान्नु हुँदैन ।,’’ मन्त्री यादवले भन्नुभयो, ‘‘किनभने पाँचरपाँच पटक परीक्षा दिइसकेपछि पास भएका छन् । कतिपय पहिलो पटक नै पास हुन्छन् । परीक्षा शैली टाइट, फेयर छैन । लाइसेन्स पाएको डाक्टर दक्ष छ । स्वयंसेविकाको बारेमा के भन्छु भने केही कुरामा जुन हाम्रो ५० हजार देशभर हुनुहुन्छ । केही कुरामा मन्त्रालयले सोच्नुपर्छ । भत्ताको कुरामा सोच्नुपर्छ । कडा मेहनत छ । कुन तरिकाले जाने, भन्नेबारेमा मन्त्रालयले सोच्नुपर्छ । मन्त्री यादवले सरकारले पर्याप्त पुँजी खर्च गर्नसक्ने हो भने चिकित्सकलाई सरकारी अस्पतालमै मात्रै काम गर्ने नीति बनाइदिने भन्दै अहिलेको सरकारले दिने रकमले नपुग्ने अवस्था रहेको बताउनुभयो ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...