राङदी खोलामा झलुङगे पुल निर्माण

Published on

काठमाडौं । गोरखाको शहिदलखन गाउँपालिका १ र २ जोड्ने राङदी खोलामा झोलुङ पुल निर्माण भएको छ। गाउँपालिकाको वडा नम्बर १ को बक्राङ र २ नम्बर वडाको मनकामना जोड्ने राङदी खोलामा ८८ मिटरको झोलुङगे पुल निर्माण भएको हो। पुल निर्माण भएसँगै मनकामनादेखि बक्राङ हुँदै पृथ्वीराजमार्ग अन्तर्गत तीन किलोमा पैदल यात्राको लागि आवतजावतमा सहज भएको वडा नम्बर १ का वडा अध्यक्ष प्रेम गुरुङले जानकारी दिनुभयो। उहाँका अनुसार पक्की झोलुङगे पुल नहुदाँ बक्राङका स्थानीय आफैले बनाएको काठको पुलबाट कष्टकर रुपमा आवतजावत गर्दै आएका थिए।

शहिद लखन गाउँपालिका १ र २ नम्बरका वडाका बासिन्दा तनुहँको आँबुखैरेनी र गोरखा सदरमुकामसम्म पुग्न बर्खाको बेला असाध्यै समस्या भएको थियो वडा अध्यक्ष गुरुङले भन्नुभयो, “पुल बनेपछि आबतजाबतमा सहज हुनुका साथै दुरी छोटो भएको उहाँको भनाइ छ। शहिद लखन गाउँपालिकाका इन्जिनियर राजन रानाभाटका अनुसार पुल निर्माणका संघीय सरकारका सर्सत अनुदान तर्फको बजेटमा शहिद लखन गाउँपालिकाको थप १३ लाख बजेट विनियोजन गरी २०८० साल माघ १४ गते हिमाली क्षेत्र विकास केन्द्र सँग ५६ लाख ६४ हजार ५ सय ३७ रुपैयाँ २४ पैसामा ठेक्का सम्झौता भएर २०८१ असोज मसान्तसम्म सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भएको थियो। सम्झौता भएको ३ महिनामै पुल निर्माण सम्पन्न भएपछि बक्राङको कालथोक, भोक्टेनी, खहरे र बासगरा टोल लगाएतका स्थानीयलाई सहजता भएको छ। निर्माण कम्पनीले समयम भन्दा ३ महिना अघि नै काम सम्पन्न गरेर १ र २ नम्बर वडाका ४२० घरधुरीका २५२० जना जनसंख्यालाई त्यस पुलबाट प्रत्यक्ष लाभान्वित भएको शहिद लखन गाउँपालिकाका इन्जिनियर रानाभाटले बताउनुभयो। गोरखापत्र

spot_img

ताजा समाचार

वेल्जियमको लिग खेल्दै सन्दीप लामिछाने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्नुहुने भएको छ । नेपाली...

रेसुङ्गा पार्कले बढायो आन्तरिक पर्यटकको चहलपहल

काठमाडौं । गुल्मीको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रको गर्जुरामा निर्माण भएको रेसुङ्गा...

महिला लिग : संकटाको विजयी सुरुवात

काठमाडौं । संकटा क्लबले सहिद स्मारक एन्फा महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ...

सरकारी अस्पतालमा उपचार गर्न सांसदलाई सभापति लामिछानेको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति...