बागमतीका मुख्यमन्त्रीले राजीनामा नदिने, विश्वासको मत लिने निर्णय

Published on

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मट्टेलले राजीनामा नदिने निर्णय गर्नुभएको छ । सङ्घमा सत्ता समीकरणमा भएको परिवर्तन भएसँगै बागमती प्रदेशको सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को आइबातर बसेको बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने निर्णय गरेको छ ।

माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा भएको संसदीय दलको बैठकमा पछिल्लो राजनीतिक अवस्थाको समीक्षासँगै मुख्यमन्त्री जम्कट्टेलले पदबाट राजीनामा नदिने निर्णय गरेको नेकपा माओवादी केन्द्र संसदीय दलका मुख्य सचेतक रत्नप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँले मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाको बैठकबाट विश्वासको मत लिने निर्णय गरेको बताउनुभयो । मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने समयका बारेमा भने नेकपा (एमाले)का मन्त्रीहरुको राजीनामा आएपछि निर्णय गर्नुहुने जनाइएको छ ।

यस प्रदेशमा एमालेसहितका साना दलको समर्थनमा मुख्यमन्त्री बन्नुभएका जम्कट्टेललाई दिएको समर्थन फिर्तासँगै एमालेका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन् । एमाले बागमती प्रदेश संसदीय दलका नेता एवम् आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले मुख्यमन्त्री जम्कट्टेल हेटौँडामा नरहनुभएकाले राजीनामा दिन र सरकारलाई दिएको समर्थन फिर्ता लिन रोकिएको बताउनुभयो । यद्यपि, आइतबार मुख्यमन्त्री हेटौँडामा आउने र राजीनामा दिने कार्यक्रम रहेको उहाँको भनाइ छ । सत्ता गठबन्धन परिवर्तनसँगै नेपाली कांग्रेस गत फागुनमा सत्ताबाट बाहिरिएपछि गत चैतमा मुख्यमन्त्री जम्कट्टेलले एमाले, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीको समर्थनसहित विश्वासको मत प्राप्त गर्नुभएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...