बागमतीका मुख्यमन्त्रीले राजीनामा नदिने, विश्वासको मत लिने निर्णय

Published on

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मट्टेलले राजीनामा नदिने निर्णय गर्नुभएको छ । सङ्घमा सत्ता समीकरणमा भएको परिवर्तन भएसँगै बागमती प्रदेशको सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को आइबातर बसेको बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने निर्णय गरेको छ ।

माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा भएको संसदीय दलको बैठकमा पछिल्लो राजनीतिक अवस्थाको समीक्षासँगै मुख्यमन्त्री जम्कट्टेलले पदबाट राजीनामा नदिने निर्णय गरेको नेकपा माओवादी केन्द्र संसदीय दलका मुख्य सचेतक रत्नप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँले मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाको बैठकबाट विश्वासको मत लिने निर्णय गरेको बताउनुभयो । मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने समयका बारेमा भने नेकपा (एमाले)का मन्त्रीहरुको राजीनामा आएपछि निर्णय गर्नुहुने जनाइएको छ ।

यस प्रदेशमा एमालेसहितका साना दलको समर्थनमा मुख्यमन्त्री बन्नुभएका जम्कट्टेललाई दिएको समर्थन फिर्तासँगै एमालेका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन् । एमाले बागमती प्रदेश संसदीय दलका नेता एवम् आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले मुख्यमन्त्री जम्कट्टेल हेटौँडामा नरहनुभएकाले राजीनामा दिन र सरकारलाई दिएको समर्थन फिर्ता लिन रोकिएको बताउनुभयो । यद्यपि, आइतबार मुख्यमन्त्री हेटौँडामा आउने र राजीनामा दिने कार्यक्रम रहेको उहाँको भनाइ छ । सत्ता गठबन्धन परिवर्तनसँगै नेपाली कांग्रेस गत फागुनमा सत्ताबाट बाहिरिएपछि गत चैतमा मुख्यमन्त्री जम्कट्टेलले एमाले, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीको समर्थनसहित विश्वासको मत प्राप्त गर्नुभएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

कांग्रेस महाधिवेशनमा रवि, ओली, प्रचण्डसहित विभिन्न दलका शीर्ष नेता सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी...

कांग्रेसमा एक उपसभापति र एक महामन्त्री थप्ने तयारी, विधान संशोधनको मस्यौदा तयार

  काठमाडौँ । नेपाली कांग्रेसमा एक उपसभापति र एक महामन्त्री थप्ने तयारी गरिएको छ। पार्टीको...

रास्वपा केन्द्रीय समिति बैठक आज, संगठन विस्तार र स्थानीय निर्वाचन तयारी मुख्य एजेन्डा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। सभापति...

आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले...