नदीमा पानीको बहाव घट्याे, घर फर्कंदै विस्थापित

Published on

काठमाडौं । जिल्लास्थित मोहना, खुटिया, कटैनी, कान्द्रा, काँढा, पथरैया, कर्णाली लगायतका नदीमा पानीको बहाव घटेको छ । बाढीका कारण सयौं घरपरिवार डुबानमा परे ।

जिल्लाको तराई क्षेत्रका सबै पालिकामा डुबान भएको जनाउँदै जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बाढी घट्न थालेपछि जनजीवन केही सहज बन्दै गएको बताउनुभयो । उहाँका अनुसार घरमा बाढी पसेपछि भजनी नगरपालिका, कैलारी गाउँपालिकालगायत जिल्लाको पूर्वी क्षेत्रका स्थानीय विस्थापित भएका थिए । बाढी घट्दै गएपछि उनीहरु घर फर्कन थालेको जोशीले बताउनुभयो । उहाँले अब भजनी नगरपालिकाका ८८ घरपरिवारमात्रै सडकमा रहेको जानकारी दिनुभयो । “बाढी घट्दै गएपछि विस्थापितहरु घर फर्किरहेका छन्”, उहाँले भन्नुभयो । कटैनी नदीको बाढीका कारण कैलारी गाउँपालिका–५ को मनिकापुर र बन्दगौढीका स्थानीय विस्थापित भएका थिए । मनिकापुरवासीलाई स्थानीय विपत् व्यवस्थापन समितिसहित सशस्त्र प्रहरीको टोलीले गएराति उद्धार गरेर सुरक्षित स्थानमा सारेको थियो ।

यसैगरी, बन्दरगौढीका स्थानीय मनकामना प्राथमिक विद्यालयमा विस्थापित भएका थिए । उनीहरु घर फर्केको कैलारी गाउँपालिकाका विपत् व्यवस्थापन शाखा प्रमुख भुवन बखरियाले जानकारी दिनुभयो । “अब एक जना सुत्केरीमात्रै सुरक्षित आवासमा रहनुभएको छ । बाँकी अरु सबै घर फर्किसके”, उहाँले भन्नुभयो । शुक्रबारदेखिको अविरल वर्षाका कारण आएको बाढीले कैलालीको अधिकांश क्षेत्र जलमग्न भएको छ । बाढीले अत्यधिक घरपरिवार डुबानमा परेका छन् । यसैगरी, बाढीले कैलारी कैलारी गाउँपालिका–७ स्थित बर्का बसन्ता र छटकपुर बसन्ताको काठे पुल बगाएको छ । कटैनी नदीमा रहेको काठे पुल बाढीले बगाएको स्थानीयले जनाएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

आन्तरिक वायुसेवा कम्पनी स्वीकृत भाडादरको न्यूनतम मूल्यमा टिकट बेच्न सहमत

काठमाडौँ - चाडपर्वका बेला हवाई भाडा महँगो भएको गुनासो बढेपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत...

कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान सुरू भएको छ।...

आजबाट दसैँका लागि अग्रिम बस टिकट बुकिङ खुला, नयाँ बसपार्कमा यात्रुको भीड

काठमाडौँ - दसैँ मनाउन घर जाने यात्रुका लागि आजदेखि लामो दूरीका सार्वजनिक यातायातको अग्रिम...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान...