नदीमा पानीको बहाव घट्याे, घर फर्कंदै विस्थापित

Published on

काठमाडौं । जिल्लास्थित मोहना, खुटिया, कटैनी, कान्द्रा, काँढा, पथरैया, कर्णाली लगायतका नदीमा पानीको बहाव घटेको छ । बाढीका कारण सयौं घरपरिवार डुबानमा परे ।

जिल्लाको तराई क्षेत्रका सबै पालिकामा डुबान भएको जनाउँदै जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बाढी घट्न थालेपछि जनजीवन केही सहज बन्दै गएको बताउनुभयो । उहाँका अनुसार घरमा बाढी पसेपछि भजनी नगरपालिका, कैलारी गाउँपालिकालगायत जिल्लाको पूर्वी क्षेत्रका स्थानीय विस्थापित भएका थिए । बाढी घट्दै गएपछि उनीहरु घर फर्कन थालेको जोशीले बताउनुभयो । उहाँले अब भजनी नगरपालिकाका ८८ घरपरिवारमात्रै सडकमा रहेको जानकारी दिनुभयो । “बाढी घट्दै गएपछि विस्थापितहरु घर फर्किरहेका छन्”, उहाँले भन्नुभयो । कटैनी नदीको बाढीका कारण कैलारी गाउँपालिका–५ को मनिकापुर र बन्दगौढीका स्थानीय विस्थापित भएका थिए । मनिकापुरवासीलाई स्थानीय विपत् व्यवस्थापन समितिसहित सशस्त्र प्रहरीको टोलीले गएराति उद्धार गरेर सुरक्षित स्थानमा सारेको थियो ।

यसैगरी, बन्दरगौढीका स्थानीय मनकामना प्राथमिक विद्यालयमा विस्थापित भएका थिए । उनीहरु घर फर्केको कैलारी गाउँपालिकाका विपत् व्यवस्थापन शाखा प्रमुख भुवन बखरियाले जानकारी दिनुभयो । “अब एक जना सुत्केरीमात्रै सुरक्षित आवासमा रहनुभएको छ । बाँकी अरु सबै घर फर्किसके”, उहाँले भन्नुभयो । शुक्रबारदेखिको अविरल वर्षाका कारण आएको बाढीले कैलालीको अधिकांश क्षेत्र जलमग्न भएको छ । बाढीले अत्यधिक घरपरिवार डुबानमा परेका छन् । यसैगरी, बाढीले कैलारी कैलारी गाउँपालिका–७ स्थित बर्का बसन्ता र छटकपुर बसन्ताको काठे पुल बगाएको छ । कटैनी नदीमा रहेको काठे पुल बाढीले बगाएको स्थानीयले जनाएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...