साहित्यकार लेखक सम्मानित

Published on

महेन्द्रनगर । साहित्यकार हेमबाबु लेखक सम्मानित भएका छन् । महेन्द्रनगरस्थित भीमदत्त नगरपालिका सभाकक्षमा आयोजित काव्य गोष्ठीमा लेखक सम्मानित भएका हुन् । विगत लामो समयदेखि नेपाली तथा डोट्याली भाषा, साहित्य, संस्कृति तथा साहित्यिक पत्रकारिताका क्षेत्रमा काम गर्दै आइरहेका लेखकले नेपाली तथा डोट्याली भाषा संरक्षण, सम्बर्धन तथा विकासका लागि योगदान गरेको भन्दै आयोजक गुगुल्डि वाङमय प्रतिष्ठानले सम्मान गरेको प्रतिष्ठानका अध्यक्ष वीरबहादुर चन्दले बताए ।

विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका समाजका उदाहरणीय व्यक्तित्वहरूलाइ समेत सो अवसरमा सम्मान गरिएको छ । भाषा, साहित्य, कला, संस्कृति, इतिहास तथा सामाजिक एवं परोपकारी कार्यमा समर्पित लेखकलाई प्रतिष्ठानले नगद पुरस्कारसहित “ग्वाल्लेक गौरव सम्मान” अर्पण गरिएको साहित्यकार रमेश पन्तले जानकारी दिए ।

दुई दशकभन्दा लामो समयदेखि निरन्तर लेखनमा सक्रिय साहित्यकार लेखकका विभिन्न विधाका आधा दर्जन बढी कृति प्रकाशित छन् ।

spot_img

ताजा समाचार

जुम्लामा ज्ञानेन्द्र शाहीको फराकिलो अग्रता

काठमाडौं । जुम्ला कनकासुन्दरी गाउँपालिकाको वडा नम्बर १, २, ३, ५, ६ र ७...

झापा–४ मा रास्वपाको अग्रता

काठमाडौं । झापाको क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सम्भुप्रसाद ढकालले सुरुवाती अग्रता लिनुभएको...

पाँचथरमा मतगणना सुरु

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत पाँचथरमा मतगणना कार्य सुरु भएको छ । जिल्लाको...

नवलपुरका दुबै क्षेत्रमा रास्वपाको सुरुवाती अग्रता

काठमाडौं । नवलपुरका दुबै निरणवाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती अग्रता लिएको...