साहित्यकार लेखक सम्मानित

Published on

महेन्द्रनगर । साहित्यकार हेमबाबु लेखक सम्मानित भएका छन् । महेन्द्रनगरस्थित भीमदत्त नगरपालिका सभाकक्षमा आयोजित काव्य गोष्ठीमा लेखक सम्मानित भएका हुन् । विगत लामो समयदेखि नेपाली तथा डोट्याली भाषा, साहित्य, संस्कृति तथा साहित्यिक पत्रकारिताका क्षेत्रमा काम गर्दै आइरहेका लेखकले नेपाली तथा डोट्याली भाषा संरक्षण, सम्बर्धन तथा विकासका लागि योगदान गरेको भन्दै आयोजक गुगुल्डि वाङमय प्रतिष्ठानले सम्मान गरेको प्रतिष्ठानका अध्यक्ष वीरबहादुर चन्दले बताए ।

विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका समाजका उदाहरणीय व्यक्तित्वहरूलाइ समेत सो अवसरमा सम्मान गरिएको छ । भाषा, साहित्य, कला, संस्कृति, इतिहास तथा सामाजिक एवं परोपकारी कार्यमा समर्पित लेखकलाई प्रतिष्ठानले नगद पुरस्कारसहित “ग्वाल्लेक गौरव सम्मान” अर्पण गरिएको साहित्यकार रमेश पन्तले जानकारी दिए ।

दुई दशकभन्दा लामो समयदेखि निरन्तर लेखनमा सक्रिय साहित्यकार लेखकका विभिन्न विधाका आधा दर्जन बढी कृति प्रकाशित छन् ।

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...