एटिएम मेसिन तोडफोडको अभियोगमा पक्राउ

Published on

काठमाडौं । माछापुच्छ्रे बैँकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जको टोलीले बुढानिलकण्ठ नगरपालिका(३ रुद्रेश्वर चोकस्थित माछापुच्छ्रे बैँकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा नुवाकोट किस्पाङ गाउँपालिका(१ घर भई हाल बुढानिलकण्ठ बस्दै आएका ३४ वर्षीय श्यामबहादुर घले र सोही ठाउँका १९ वर्षीय सुजन तामाङलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले एटिएम तोडफोड गरेर भाग्दै गरेको अवस्थामा उनीहरुलाई आज बिहान पक्राउ गरिएको जानकारी दिनुभयो । रासस

spot_img

ताजा समाचार

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफ्नो...

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत्...

खाडीमा इरानी आक्रमण, तेल १०० डलर नाघ्यो

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजहरूलाई लक्षित...

कञ्चनपुरका निर्वाचित सांसद जनताको समस्या बुझ्न गाउँ–बस्तीमा

काठमाडौं । कञ्चनपुरबाट नव निर्वाचित सांसदहरू जनताको समस्या बुझ्न गाउँ–बस्तीमा सक्रिय छन्। पहिलो पटक...