वर्तमान गठबन्धन सरकारको भविष्य सुरक्षित : नेता निधि

Published on

काठमाडौं । नेपाली कांग्रेसका केन्दीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद विमलेन्द्र निधिले वर्तमान गठबन्धनको भविष्य सुरक्षित रहेको बताउनुभयो ।

बिहीबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँगको कुरा गर्नुहुँदै कांग्रेस नेता निधिले कांग्रेस र नेकपा (एमाले) वर्तमान गठबन्धन सरकारको भविष्य सुरक्षित रहको बताउनुभएको हो । वर्तमान सरकार टिकाउ हुने र विसं। २०८४ सालसम्म वर्तमान सरकार टिक्ने उहँको भनाइ छ । उहाँले भन्नुभयो, “अहिलेको गठबन्धन २०८४ सालसम्म निरन्तरता पाउनेछ र यस सरकारलाई कांग्रेसले पूर्णरुपमा सहयोग गर्नेछ ।” यस्तै, वर्तमान सरकारमा आफू सहभागी हुने कुनै योजना नरहेकाले वर्तमान सरकारमा जाने नजाने कुरालाई गम्भीरतापूर्वक नलिएको नेता निधिको भनाइ छ ।

यसैगरी, मधेश प्रदेश सरकारलाई पूर्णता दिने विषयमा छलफल भइरहेको जानकारी दिनुहुँदै नेता निधिले भन्नुभयो, “कांग्रेसले अहिलेको जनमत पार्टीको नेतृत्वको मुख्यमन्त्रीलाई समर्थन गरेको छ, कांग्रेसले पाउने मन्त्रालयबारे छलफल पनि हुँदैछ, निश्चित मन्त्रालय नपाए सरकारमा नजाने भन्ने कुरा असान्दर्भिक हो । त्यसकारण छलफलबाट मन्त्रालय टुङ्गो लाग्छ र सहमति हुन्छ । उहाँले छलफलबाट मन्त्रालयको टुङ्गो लागेपछि कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लाग्छ । गोरखापत्र

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...