लाइन काटिएका उद्योगको महसुलबारे प्रधानमन्त्रीद्वारा स्पष्ट

Published on

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतको लाइन काटिएका उद्योगको महसुलका सम्बन्धमा प्रतिनिधिसभाको आजको बैठकमा स्पष्ट पार्नुभएको छ ।

कतिपय सांसदले आफूले आइतबार सो सम्बन्धमा दिएको जवाफबारे गलतरुपमा आजको बैठकमा प्रश्न उठाएको जनाउँदै प्रधानमन्त्रधी ओलीले राजनीतिक पूर्वाग्रहका नाममा झुठको खेती नगर्न र तथ्य प्रमाणका आधारमा सदनमा अभिव्यक्ति दिन आग्रह गनुभयो । उद्योगहरुबाट बिजुली प्रयोग भइ बक्यौता रकम लिनुपर्ने भएमा सरकारले पाउनुपर्ने तर प्रयोग नगरेको विद्युत महसुल तिर्नु नपर्ने प्रधानमन्त्री ओलीको जवाफ थियो । “मलाई कुनै लप्पन छप्पन गर्नु छैन । मलाई कुनै सेटिङ र तन्त्रमा जानु छैन । देश र जनतका हितका पक्षमा निष्ठाका साथ ६ दशकदेखि काम गर्दैआएको छु । अब पनि त्यही गर्छु ।’’

उहाँले भन्नुभयो, “मैले उद्योगहरुले प्रयोग गरेको महसुल तिनु पर्दैन भनेको छैन । माननीयका हैसियतमा असत्य प्रस्तुत गर्ने र भ्रष्टाचार छोप्नका लागि अरुमाथि भ्रष्टाचारको आरोप लगाउने कामले सदनको गरिमा रहँदैन । कसैलाई म प्रधानमन्त्री भएको मन नपर्न सक्न, त्यसमा केही छैन । राजनीतिक कुरा राजनीतिकरुपमा लिऔँ । आवेग, उत्तेजना र आरोप प्रत्यारेपमा नआऔँ । सदन सदनजस्तै होस् ।’’ गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...