बेनीमा सय वर्ष पुरानो मन्दिरको जीर्णोद्धार

Published on

काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–८ गणेशटोलस्थित करिब एक सय वर्ष पुरानो मन्दिरको जीर्णोद्धार तथा पुनर्निर्माण गरिएको छ । धार्मिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले मन्दिरको पुनर्निर्माण गरिएको हो । चन्दादाताबाट सङ्कलन भएको १४ लाख २५ हजार र बेनी नगरपालिकाबाट ६ लाख गरी २० लाख २५ हजार रुपियाँमा मन्दिरको पुनर्निर्माण गरिएको वडाध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो ।  

उहाँका अनुसार वि.स १९८१ मा स्व. मोतीकुमार श्रेष्ठले करीब एक रोपनी जग्गा गुठी कायम गरी मन्दिर निर्माण गर्नुभएको थियो । श्रेष्ठका छोरा जयन्द्र श्रेष्ठ राजभण्डारी र वडा नम्बर ८ को कार्यालयसँग समझदारी गरी चन्दा सहयोग र नगरपालिकाको बजेटबाट मन्दिरको जीर्णोद्धार गरिएको मन्दिर पुनर्निर्माण समितिका अध्यक्ष किशोर श्रेष्ठले बताउनुभयो । मन्दिर पुनर्निर्माण गरिएपछि भजनकीर्तन र पूजाआराधनासहित मन्दिरमा गणेश भगवानको मूर्ति प्रतिस्थापन गरिएको छ । बेनीको धार्मिक पहिचानलाई संरक्षण गर्न मन्दिरलाई जीर्णोद्धार गरिएको वडाध्यक्ष कर्माचार्यले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...