गोरखामा ८५ लाख ७१ हजार राजस्व सङ्कलन

Published on

काठमाडौं । गोरखामा ट्राफिक प्रहरीले एक वर्षको अवधिमा करिब ८५ लाख ७१ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनबाट कारबाही तथा जरिवाना गरी राजस्व रकम असुल गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख शिव पाठकले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि असार मसान्तसम्ममा १० हजार ४ सय ७४ वटा विभिन्न सवारीसाधन कारबाहीमा परेका छन् । जसमध्ये सबै भन्दा बढी मोटरसाइकल ४ हजार ९ सय १८, जिप, कार र भ्यान २ हजार ३ सय ७१ वटा, १ हजार ६३७ वटा ट्रक, टिपर तथा ८६४ वटा बस र ६६६ वटा टयाक्टर सवारीसाधन जरिवाना तथा कारबाहीबाट कुल ८५ लाख ७१ हजार रुपियाँ राजस्व रकम असुल भएको जिल्ला ट्राफिक प्रमुख पाठकले बताउनुभयो । गोरखामा अत्यधिक मात्रामा बिना लाइसेन्स सवारीसाधन चलाउने, बिलबुक नबोक्ने र लापरबाही तरीकाबाट ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गरी जरिवाना गरिएको ट्राफिक प्रमुख पाठकको भनाइ छ ।

गोरखामा सबैभन्दा बढी कारबाही मोटरसाइकल नियम उल्लङ्घन गरेबापत कारबाही गरेको पाइन्छ । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई कसुर हेरी ५०० देखि ५००० सयसम्म जरिवाना गर्ने गरिएको छ । गत आर्थिक वर्षमा १० हजार ३०० सवारीसाधन कारबाहीमा पर्दा ट्राफिक प्रहरीले ७६ लाख ३० हजार राजस्व सङ्कलन गरेको थियो भने २०८०(०८१ मा १० हजार ४ सय ७४ सवारीसाधन कारबाहीबाट ८५ लाख ७१ हजार राजस्व रकम सङ्कलन गरेको छ । गत आर्थिक वर्षभन्दा २०८०-०८१ मा सवारीसाधन र राजस्व रकम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । गोरखापत्र

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...