सेवाग्राहीको लागि टोल फ्री नम्बर

Published on

काठमाडौं । रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको सहजताको लागि नगरपालिकाले टोल फ्री नम्बर सञ्चालनमा ल्याएको जनाएको हो । नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेर प्रसाद ढकालले १८–१०५–०००–१८० नम्बरको टोल फ्री नम्वर सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । उहाँका अनुसार नगर कार्यपालिकाको कार्यालय र सो अन्तर्गतका निकायहरुबाट प्रवाह हुने सेवा, प्राप्त गर्ने प्रक्रिया, सूचना तथा जानकारीका बारेमा टोल फ्री नम्बरमा निःशुल्क फोन गरेर सेवा लिन सकिनेछ ।

त्यसका साथै सेवाग्राहीको कुनै सल्लाह, सुझाव र गुनासो भएमा पनि टोल फ्री नम्बरमा सम्पर्क गर्न सकिनेछ । सेवाग्राहीका लागि टोल फ्री नम्बर २४ घण्टा खुल्ला रहने नगरपालिकाले जनाएको छ । नगरपालिकाले केहि दिन अघि विद्युतिय टोकन प्रणालिसहितको एकिकृत सेवा प्रवाह सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको थियो । यस केन्द्रमा अहिले सेवाग्राहीका लागि निःशुल्क इन्टरनेट सेवा पनि थप गरिएको छ । यसले सेवाग्राहीलाई थप सहज हुने विश्वास नगरपालिकाले लिएको छ ।

यसका साथै नगरपालिकाले सेवाग्राहिको गुनासो सङ्कलन गरेर साप्ताहिक रुपमा विवरण सार्वजनिक समेत गर्ने गरेको छ । सेवाग्राहीमा गुनासो तथा प्रश्न गर्ने संस्कारको विकास गर्ने र स्थानीय सरकारको सेवा प्रवाहलाई थप सरल, सहज र सेवाग्राहीमैत्री बनाउन यस्तो कार्य थालिएको नगरपालिकाका प्रवक्ता खुमबहादुर खड्काले जानकारी दिनुभयो । यस कार्यले पारदर्शी र जनमैत्री स्थानीय सरकारको अभ्यासलाई टेवा पुगेको उहाँको भनाइ छ । गोरखापत्र

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...