भगवतीलाई प्लास्टिकको छानो

Published on

काठमाडौं । ऐतिहासिक भगवतीको मन्दिरलाई दुई वर्षदेखि प्लास्टिकको छानोको भरमा जोगाइरहेको छ । नेपाल–अङ्ग्रेज युद्धको इतिहास बोकेको मन्दिरको छानो समयमा मर्मतसम्भार हुन नसक्दा दुई वर्षदेखि प्लास्टिकको त्रिपालले छोपेर राखिएको हो ।

जीर्ण भएर मन्दिरभित्र पानी चुहिएपछि प्लास्टिकको छानो राख्नु परेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । आकाशबाट पानी पर्नेबित्तिकै भित्र पानी चुहिएर मन्दिर थप जोखिममा पर्ने अवस्था आएपछि प्लाास्टिकको ओत लगाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोकमान महर्जनले बताउनुभयो । पानी परेको बेलामा मन्दिरभित्र गएर पूजा गर्न पनि समस्या रहेको उहाँले बताउनुभयो । मन्दिरको मर्मतसुधारका लागि तीनै तहका सरकारसँग बजेट माग गरिएको भए पनि पर्याप्त बजेट पर्न नसकेको समितिका अध्यक्ष महर्जनले बताउनुभयो । मन्दिरलाई पुरानै स्वरूपमा बनाउन करिब पाँच करोडभन्दा बढी बजेट लाग्ने अनुमान गरिएको समितिका सचिव प्रकाश गङ्गोलले बताउनुभयो । मन्दिरको छानो चुहिएर मन्दिर भत्किने अवस्था भएकाले त्यसलाई जोगाउन पुरानै स्वरूपमा मन्दिर पुनर्निर्माण गर्ने योजना रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सङ्घीय र प्रदेश सरकारबाट पर्याप्त बजेट पर्न सकेको छैन । यो वर्ष प्रदेश सरकारबाट ४० लाख रुपियाँ बजेट विनियोजन भएको तर त्यो पर्याप्त भने छैन ।” दुई सय वर्षअघि तत्कालीन तैनाथवाला कर्णेल उजिरसिंह थापाले भगवतीको मन्दिर बनाएका थिए । विसं १८७१\७२ देखि सुरु भएको नेपाल–अङ्ग्रेज युद्धमा विजयी भएर आएपछि कर्णेल थापाले देवी भगवतीको मन्दिर र महिमा फैलाउँदै प्रचलनमा ल्याएइको थियो । सोही बेलादेखि तानसेनमा भगवतीको मूर्ति तानसेनबजारभरि यात्रा गराउने प्रचलन पनि सुरु भएको थियो ।

युद्धमा सुरुका केही वर्ष दुईतलेको मन्दिर बनाइएको थियो । त्यसपछि भगवतीको मन्दिर तीनतले बनाइएको भए पनि विसं १९९० को भूकम्पपछि पुनः मन्दिर दुईतले निर्माण गरिएको इतिहासविद् निर्मल श्रेष्ठले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई २४ रनले हरायो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको आफ्नो...

बूढीगण्डकीमा भीषण बाढी : पाँच गोठाला सम्पर्कविहीन, जलविद्युत् आयोजनाको निर्माणस्थल बगायो

काठमाडौं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा आइतबार बिहान आएको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको...

आजदेखि बडादसैँ सुरु, बिहान ११ः४७ बजे घटस्थापनाको शुभ साइत

काठमाडौँ, असोज २५ । नेपालीको महान् चाड बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु हुँदैछ।...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका नागरिकलाई नागरिकता प्रमाणपत्रलगायत परिचय खुल्ने अन्य कागजातका...