भगवतीलाई प्लास्टिकको छानो

Published on

काठमाडौं । ऐतिहासिक भगवतीको मन्दिरलाई दुई वर्षदेखि प्लास्टिकको छानोको भरमा जोगाइरहेको छ । नेपाल–अङ्ग्रेज युद्धको इतिहास बोकेको मन्दिरको छानो समयमा मर्मतसम्भार हुन नसक्दा दुई वर्षदेखि प्लास्टिकको त्रिपालले छोपेर राखिएको हो ।

जीर्ण भएर मन्दिरभित्र पानी चुहिएपछि प्लास्टिकको छानो राख्नु परेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । आकाशबाट पानी पर्नेबित्तिकै भित्र पानी चुहिएर मन्दिर थप जोखिममा पर्ने अवस्था आएपछि प्लाास्टिकको ओत लगाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोकमान महर्जनले बताउनुभयो । पानी परेको बेलामा मन्दिरभित्र गएर पूजा गर्न पनि समस्या रहेको उहाँले बताउनुभयो । मन्दिरको मर्मतसुधारका लागि तीनै तहका सरकारसँग बजेट माग गरिएको भए पनि पर्याप्त बजेट पर्न नसकेको समितिका अध्यक्ष महर्जनले बताउनुभयो । मन्दिरलाई पुरानै स्वरूपमा बनाउन करिब पाँच करोडभन्दा बढी बजेट लाग्ने अनुमान गरिएको समितिका सचिव प्रकाश गङ्गोलले बताउनुभयो । मन्दिरको छानो चुहिएर मन्दिर भत्किने अवस्था भएकाले त्यसलाई जोगाउन पुरानै स्वरूपमा मन्दिर पुनर्निर्माण गर्ने योजना रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सङ्घीय र प्रदेश सरकारबाट पर्याप्त बजेट पर्न सकेको छैन । यो वर्ष प्रदेश सरकारबाट ४० लाख रुपियाँ बजेट विनियोजन भएको तर त्यो पर्याप्त भने छैन ।” दुई सय वर्षअघि तत्कालीन तैनाथवाला कर्णेल उजिरसिंह थापाले भगवतीको मन्दिर बनाएका थिए । विसं १८७१\७२ देखि सुरु भएको नेपाल–अङ्ग्रेज युद्धमा विजयी भएर आएपछि कर्णेल थापाले देवी भगवतीको मन्दिर र महिमा फैलाउँदै प्रचलनमा ल्याएइको थियो । सोही बेलादेखि तानसेनमा भगवतीको मूर्ति तानसेनबजारभरि यात्रा गराउने प्रचलन पनि सुरु भएको थियो ।

युद्धमा सुरुका केही वर्ष दुईतलेको मन्दिर बनाइएको थियो । त्यसपछि भगवतीको मन्दिर तीनतले बनाइएको भए पनि विसं १९९० को भूकम्पपछि पुनः मन्दिर दुईतले निर्माण गरिएको इतिहासविद् निर्मल श्रेष्ठले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...