कानुनी व्यवस्था कायम गर्न प्रहरीको भूमिका अग्रणी : गृहमन्त्री लेखक

Published on

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधानमा उल्लेखित कानुनी व्यवस्था कायम गर्न नेपाल प्रहरीले अग्रणी भूमिका निर्वाह गरिरहेको बताउनुभएको छ ।

धनगढीमा आज सुदूरपश्चिम प्रहरी गण कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्नुहुँदै उहाँले मुलुकमा शान्ति, सुरक्षा सुनिश्चित गर्नमा प्रहरीले अग्रणी भूमिका निर्वाह गरिरहेको बताउनुभएको हो । “नागरिकको बाँच्न पाउने अधिकार सुरक्षित गर्ने निकाय नेपाल प्रहरी हो” गृहमन्त्रीले थप्नुभयो, “प्रहरीको नयाँ भवन निर्माणले सेवा प्रवाह थप राम्रो हुनेछ ।” गृहमन्त्री लेखकले प्रहरी संगठनलाई थप व्यवस्थित गर्न छिट्टै नेपाल प्रहरीसम्बन्धी नयाँ ऐन बनाउने बताउनुभयो । “मेरो कार्यकालको एकसय दिनभित्र नेपाल प्रहरीको नयाँ ऐन बनाउने कार्यलाई मैले प्राथमिकतामा राखेको छु” उहाँले भन्नुभयो ।

गृहमन्त्री लेखकले सशस्त्र प्रहरीसम्बन्धी नयाँ ऐन निर्माणका लागि पनि गृह मन्त्रालयले तयारी गरिरहेको बताउनुभयो । उहाँले ऐनको ड्राफ्ट तयार पारेर सहमतिका लागि अन्य मन्त्रालयमा पनि चाँडै पठाउने उल्लेख गर्नुभयो । उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले नयाँ भवन निर्माणले नेपाल प्रहरीको कार्य सम्पादनमा थप उर्जा मिल्ने बताउनुभयो । त्यस्तै, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नयाँ कार्यालयबाट सेवा प्रवाहले नेपाल प्रहरीको मनोबलमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो । उहाँले गुणस्तरीय सेवा प्रदानका लागि सबै दर्जाका प्रहरीलाई निर्देशन दिनु भएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...