मादी नदीमा पुल निर्माण धमाधम

Published on

काठमाडौं । नेपालमै पहिलो पटक चार लेनको पुल निर्माणको काम तनहुँमा भइरहेको छ । पृथ्वीराजमार्गमा पर्ने व्यास नगरपालिकाको वडा नम्बर ४ को दमौली बजार र वडा नम्बर ५ को चापाघाट जोड्ने मादी नदीमा धमाधम पुल निर्माण भइरहेको छ । यो पृथ्वीराज मार्गको सबैभन्दा लामो पुल पनि हो । तीन सय १५ मिटर लामो पुलको ३५ प्रतिशत निर्माण पूरा भएको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले जनाएको छ । आयोजनाका अनुसार पर्यटकलाई आकर्षण गर्ने हिसाबले पुल कलात्मक आर्क डिजाइन गरिएको छ । यातायात आवागमनको प्रयोगका लागि मात्रै नभई पर्यटक पनि आकर्षित गर्नपर्छ भनेर कलात्मक डिजाइन गरिएको हो । निर्धारित समयमा नै पूरा गर्न धमाधम काम भइरहेको र हालसम्म ३५ प्रतिशत सकिएको ठेकेदार कम्पनीका साइड इन्चार्ज दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठ अनुसार निर्माणधीन पुलको हाल फाउन्डेसनको काम भई रहेको छ । सात वटा ‘फाउन्डेसन’ को काम गरिएको हो । हाल पानीमुनि गरिने पाइलिङ, पाइल क्याप र पिलरको काम पूरा गरी पानीमाथि गरिने ‘सुपर स्टक्चर’ काम भइरहेका छन् । हाल रहेको दुइलेनको पुलबाट करिब ५० मिटर उत्तरतर्फ नयाँ पुल निर्माण भइरहेको र पुल निर्माणका लागि एक अर्ब २१ करोडमा ठेक्का सम्झौता भएको आयोजनाको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

पाण्डेका अनुसार नेपालमै पहिलो पटक चार लेनको पुल निर्माण भइरहेको र तीन वर्ष भित्र निर्माण पूरा गर्ने लक्ष्य रहेको छ । हाल दुई लेनको पुल तीन सय ७० मिटर छ । अब बन्ने पुल भने चार लेनको तीन सय १८ मिटरको हुनेछ । ८१ किलोमिटर लम्बाई रहेको मुग्लिन–पोखरा सडकखण्डको विस्तार कार्य २०७८ वैशाखदेखि सुरु भएको हो । अहिले दुई लेन रहेको सो खण्ड चार लेनमा विस्तार भइरहेको छ । पूर्वी र पश्चिमी खण्ड गरी दुई भागमा विभाजन गरी विस्तार सुरु गरिएको सो सडकको पूर्वी खण्ड (मुग्लिन–जामुने) को लम्बाइ ४१.४५ किलोमिटर र पश्चिम खण्ड (जामुन–पोखरा) को लम्बाइ ३९.५५ किलोमिटर छ । गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...