इजिप्टमा रेल ठोक्किँदा तीनको मृत्यु, ४९ जना घाइते

Published on

काठमाडौं । इजिप्टको राजधानी कायरोको उत्तरमा रहेको शार्किया प्रान्तमा शनिवार दुई वटा रेल एक आपसमा ठोक्किँदा कम्तिमा तीन जनाको मृत्यु भएको छ ।

साथै अन्य ४९ जना घाइते भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ४४ घाइतेको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ । पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ । मन्त्रालयले यसअघि सार्कियाको जागाजिग सहरमा भएको दुर्घटनास्थलमा ३९ वटा एम्बुलेन्सलाई घाइतेको उद्दारका लागि पठाइएको जनाएको थियो ।

शार्किया प्रान्तका गभर्नर हाजेम अल–अशमोनीले दुईवटा रेलबाट सबै यात्रुहरूलाई बाहिर निकालिएको छ । इजिप्टको राष्ट्रिय रेलवे प्राधिकरणले दुर्घटनाको प्राविधिक कारणहरू पत्ता लगाउन रेलवे विशेषज्ञहरूको समिति गठन गरिएको बताइएको छ ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...