लेबनान उपकरण विस्फोट अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन : संयुक्त राष्ट्रसङ्घ

Published on

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले शुक्रबार लेबनानमा हेजबुल्लाहले प्रयोग गर्ने सञ्चार उपकरणको विस्फोट युद्ध अपराध हुन सक्ने बताएको छ । इरान समर्थित हेजबुल्लाह समूहले प्रयोग गरेको सञ्चार उपकरणलाई लक्षित गरी मङ्गलबार र बुधबार भएको विस्फोटमा कम्तीमा ३७ जनाको मृत्यु भएको थियो भने करिब ३ हजार जना घाइते भएका थिए । ‘पेजर’ र ‘वाकी–टकी’ विस्फोट हुँदा केही प्रयोगकर्ताहरू सुपरमार्केटमा किनमेल गरिरहेका थिए भने कोही सडकमा हिँडिरहेका थिए । लगातारको विस्फोटको लहरले देशमा आतङ्क निम्त्याएको थियो ।

“अन्तर्राष्ट्रिय मानवीय कानुनले स्पष्ट रूपमा बुबी–ट्र्याप उपकरणको प्रयोगलाई निषेध गर्दछ”, मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घका उच्चायुक्त भोल्कर टर्कले अल्जेरियाले अनुरोध गरेको लेबनानमा आपत्कालीन सत्रमा सुरक्षा परिषदमा भन्नुभयो । “नागरिकहरूमा आतङ्क फैलाउने उद्देश्यले हिंसा गर्नु युद्ध अपराध हो”, उहाँले “स्वतन्त्र र पारदर्शी” अनुसन्धानका लागि आफ्नो आह्वान दोहोर्‍याउँदै भन्नुभयो । लेबनानी अधिकारीले आक्रमणका लागि इजरायललाई दोष दिएका छन् र लक्षित सञ्चार उपकरणहरूमा देशमा प्रवेश गर्नु अघि बुबी–ट्र्याप जडान गरिएको बताएका छन् । हेजबुल्लाहले इजरायलसँग प्रतिशोध लिने वाचा गरेको छ र विस्फोटको आफ्नै आन्तरिक अनुसन्धान सुरु गरेको छ ।

सुरक्षा परिषदमा बोल्दै लेबनानका शीर्ष कूटनीतिज्ञ अब्दल्लाह बोउ हबीबले आक्रमणलाई युद्धको अभूतपूर्व तरिकाको रूपमा व्याख्या गर्नुभएको छ । “इजरायलले यस आतङ्कवादी आक्रमणको माध्यमबाट अन्तर्राष्ट्रिय मानवीय कानुनको आधारभूत सिद्धान्तको उल्लङ्घन गरेको छ”, उहाँले बताउनुभयो । इजरायलले उपकरण विस्फोटबारे कुनै टिप्पणी गरेको छैन । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले शुक्रबार बेरुतमा इजरायली आक्रमणपछि लेबनान–इजरायल सीमामा बढेको तनावबारे राष्ट्रसङ्घ चिन्तित रहेको बताउनुभयो । उहाँले सबै पक्षलाई अधिकतम संयतता अपनाउन आह्वान गर्नुभएको छ । रासस/एएफपी

ताजा समाचार

श्रीलङ्कामा मतदान सुरु

काठमाडौं । श्रीलङ्काले आर्थिक सङ्कट माथिको सावधानीपूर्ण अवतरणपछि श्रीलङ्कामा अन्तर्राष्ट्रिय मुद्रा कोषको मितव्ययिता योजनामा...

अन्तर्राष्ट्रिय रेडपान्डा ट्रेल म्याराथनमा खुलातर्फ विशाल राई प्रथम

काठमाडौं । ताप्लेजुङमा आयोजित अन्तर्राष्ट्रिय रेडपान्डा ट्रेल म्याराथन (दौड) प्रतियोगितामा खुलातर्फ पाँचथरका विशाल राई...

जलवायु परिवर्तनबारे आवाज उठाउन आह्वान

काठमाडौं । जलवायु परिवर्तनले नेपाललाई पारिरहेको असरबारे अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउन आह्वान गरिएको छ । नेपाल...

अस्ट्रेलियामा नेपाल महोत्सव सम्पन्न

काठमाडौं । अस्ट्रेलियाको पर्थमा आयोजना भएको नेपाल महोत्सव भव्य रुपमा सम्पन्न भएको छ ।...