जम्मू–कश्मीर विधान सभा चुनावमा ५९.१९ प्रतिशत मतदान

Published on

काठमाडौं । जम्मू–कश्मीरमा बुधबार भएको विधान सभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।

निर्वाचन आयोगको तथ्याङ्कअनुसार किश्तवाडमा सबैभन्दा बढी ७७ दशमलव २३ प्रतिशत, दोडामा ६९ दशमलव ३३ प्रतिशत, रामबनमा ६७ दशमलव ७१ प्रतिशत, कुलगाममा ५९ दशमलव ६२ प्रतिशत, शोपियानमा ५३ दशमलव ६४ प्रतिशत र अनन्तनागमा ५४ दशमलव १७ प्रतिशत मतदान भएको छ । पुलवामामा सबैभन्दा कम ४३ दशमलव ८७ प्रतिशत मतदान भएको छ । जम्मू–कश्मीरको २४ वटा विधान सभा सिटमा पहिलो चरणमा मतदान भएको हो । यसमा कश्मीर क्षेत्रका १६ सिट र जम्मू क्षेत्रका आठ सिट समावेश छन् ।

जम्मू–कश्मीरमा दोस्रो र तेस्रो चरणको मतदान क्रमशः सेप्टेम्बर २५ र अक्टोबर १ मा हुनेछ । अक्टोबर ८ मा मतगणना हुनेछ । जम्मू–कश्मीरमा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूबिच रोचक प्रतिस्पर्धा भइरहेको छ । राष्ट्रिय काङ्ग्रेस र काङ्ग्रेसले गठबन्धन गरे पनि केही सिटमा मैत्रीपूर्ण प्रतिस्पर्धा भएको छ । विधानको धारा ३७० खारेज भएपछि जम्मू–कश्मीरमा भएको यो पहिलो निर्वाचन हो । नेताहरूले आ–आफ्नो पार्टीका उम्मेदवारको प्रचारप्रसारलाई तीव्रता दिएका छन् । रासस/एएनआई

ताजा समाचार

परराष्ट्रमन्त्री राणा र युक्रेनका विदेशमन्त्रीबिच वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा...

१०औँ राष्ट्रिय खेलकुदको मस्कट ‘रेडपान्डा’

काठमाडौँ । कणाली प्रदेशमा आगामी जेठ ३ देखि १० गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय...

एक महिनादेखि फोहोर नउठ्दा कावासोती दुर्गन्धित

काठमाडौँ । एक महिनादेखि फोहोर नउठ्दा नवलपुर सदरमुकाम कावासोती दुर्गन्धित बन्दै गएको छ। थुप्रिएको...

परराष्ट्रमन्त्री डा. राणा र मल्दोभाका उपप्रधानमन्त्रीबिच द्विपक्षीय भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइसँग मंगलबार...