पत्नीको हत्या गरी राईले गरे आत्महत्या

Published on

काठमाडौं । इलामको सन्दकपुर गाउँपालिका– १ भित्तेमा एक व्यक्तिले पत्नीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । भित्तेका ४६ वर्षीय उजबहादुर राईले ४० वर्षीय पत्नी फूलकुमारी राईलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको र उजबहादुरले झुन्डिएर आत्महत्या गरेको भेटिएको इलामका एसपी प्रभुप्रसाद ढकालले बताउनुभयो ।

घटनास्थलमै रहनुभएका एसपी ढकालले घटना हिजो रातीको जस्तो देखिएको बताउनुभयो । सन्दकपुर–१ भित्तेमा एकान्त स्थलमा घर भएका उनीहरूको घरभन्दा मुनिपट्टि बाटो रहेको बाटोभन्दा तल फूलकुमारीको शव रगतपच्छे अवस्थामा भेटिएको ढकालले जानकारी दिनुभयो । ढकालका अनुसार फूलकुमारीको टाउको पछाडिको भागमा धारिलो हतियार प्रयोग गरेको देखिएको छ । अहिले घटनास्थलको अनुसन्धान भइरहेको जनाइएको छ । दुवै जनाको शव पोस्टमार्टमका लागि आजै इलाम ल्याइने जनाइएको छ । राई दम्पतीका दुई छोरामध्ये एक छोरा विदेशमा र एक छोरा फिक्कलमा रहेको बुझिएको एसपी ढकालले बताउनुभयो । गोरखापत्र

ताजा समाचार

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...

ढल्केबर-बारा प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबिचको विद्युत् व्यापार...