दुर्घटनामा एकको मृत्यु, आक्रोशित समूहद्वारा बसमा आगजनी

Published on

काठमाडौं । झापाको कमल गाउँपालिकाको पाडाजुंगी नजिकै भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्यु भएपछि आक्रोशित स्थानीयहरूले गाडीमा आगो लगाइदिएका छन् । दुर्घटनापछि केहीबेर दुर्घटनास्थल तनावग्रस्त बनेको थियो ।

पूर्वपश्चिम राजमार्ग कमल गाउँपालिका वडा नं। ५ स्थित रबी पेट्रोलपम्प नजिक शनिबार मध्याह्न १२ बजे काँकडभिट्टातर्फ गइरहेको प्रदेश १–०१–००१ ख ३४३५ नम्बरको बसले बिर्तामोडतर्फबाट मोरङको केराबारी आउँदै गरेको को १६ प ५३३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मोरङको केराबारी ७ नर्कटेका पदममुकारुङ राईको घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि आक्रोशित स्थानीयले बसमा आगो लगाइदिएका थियो भने दमक नगरपालिकाको दमकलले आगो निभाएको थियो ।

बसको लापरबाही भएको भन्दै स्थानीयले सडक अवरोध गरेर नाराबाजी गर्दै प्रदर्शन गरेपछि बाक्लो प्रहरी परिचालन गरेर भीडलाई प्रहरीले तितरबितर गरेको थियो । दुर्घटनाको विषयमा आवश्यक छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गोरखापत्र

ताजा समाचार

अफगानिस्तानमा विस्फोट स् तीन जना बालबालिकाको मृत्यु, तीन घाइते

काठमाण्डौँ । पूर्वी अफगानिस्तानको गजनी प्रान्तमा विस्पोट हुँदा तीन जना बालबालिकाको मृत्यु हुनुका साथै...

घटालथानको निर्माण अलपत्र

काठमाण्डौँ । प्रसिद्ध धार्मिक पीठ घटालथानको स्वरुप परिवर्तन गर्न सङ्घीयतापछि ठेक्का सम्झौतामार्फत पहिलो पटक...

२२ हजारभन्दा बढीमा डेंगु पुष्टि, ११ को मृत्यु

काठमाण्डौँ । देशभर २२ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । ११ जना...

‘पर्यटन क्षेत्रमा उल्लेखनीय प्रगति’

काठमाण्डौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाललाई विश्व जगतमा चिनाउन सहयोग गर्ने...