छानबिनका लागि रविलाई पक्राउ गर्नु स्वाभाविक : प्रचण्ड

Published on

काठमाण्डौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय छानविन समितिले दिएको प्रतिवेदनअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवी लामिछानेलाई पक्राउ गरी अनुसन्धान गरिनु स्वभाविक भएको बताउनुभएको छ ।

सोमवार विहान नेपालगन्ज विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रतिवेदनले सिफारिस गरेका अन्य दोसी भनिएकाहरुलाई पनि छानविनका लागि सरकारले पक्राउ गर्नुपर्ने उहाँको भनाइ छ । वर्तमान अवस्थामा देखिएका बिभिन्न बिषयलाई समेटेर माओवादी केन्द्र लगायतका प्रतिपक्षि दलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । सोमबार बेलुका प्रतिपक्षी दलले विभिन्न माग राखी प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने उहाँले स्पष्ट पार्नुभयो । लामिछानेको बारेमा अदालतले निर्णय गर्ने र लामिछाने स्वयंले अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाएकाले यसलाई सहज रुपमा लिनुपर्ने प्रचण्डले बताउनुभयो ।

यसअघि कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, माओवादी केन्द्र कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्ल, पूर्व उपसभामुख पूर्णाकुमारी सुवेदी, माओवादी केन्द्र स्थायी समिति सदस्य तथा पूर्वमन्त्री महेश्वर गहतराज, लुम्बिनी प्रदेशका पूर्वमन्त्री नमुना केसी, माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे र नविन शर्मा लगायतका नेताहरुले नेपालगन्ज विमानस्थलमा पूर्व प्रधानमन्त्री प्रचण्डको स्वागत गर्नुभएको थियो । गोरखापत्र

ताजा समाचार

गौशाला धर्मशाला विवाद : ६ सदस्यीय अध्ययन समिति गठन

काठमाण्डौँ । संस्कृति, पर्यटक तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति गौशाला धर्मशालाको विषयमा यथार्थता अध्ययन...

अफगानिस्तानमा विस्फोट स् तीन जना बालबालिकाको मृत्यु, तीन घाइते

काठमाण्डौँ । पूर्वी अफगानिस्तानको गजनी प्रान्तमा विस्पोट हुँदा तीन जना बालबालिकाको मृत्यु हुनुका साथै...

घटालथानको निर्माण अलपत्र

काठमाण्डौँ । प्रसिद्ध धार्मिक पीठ घटालथानको स्वरुप परिवर्तन गर्न सङ्घीयतापछि ठेक्का सम्झौतामार्फत पहिलो पटक...

२२ हजारभन्दा बढीमा डेंगु पुष्टि, ११ को मृत्यु

काठमाण्डौँ । देशभर २२ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । ११ जना...