रानाथारु समाजको अध्यक्षमा कमलसिंह

Published on

काठमाण्डौं । नेपाल रानाथारु समाजको केन्द्रीय अध्यक्षमा कमलसिंह राना निर्वाचित हुनुभएको छ । धनगढीमा भएको सातौं महाधिवेशनबाट उहाँ लोकप्रिय मतका साथ अध्यक्षमा निर्वााचित हुनुभएको हो । निर्वाचित रानाका निकटतम प्रतिद्वन्द्वी ओमप्रकाश रानाले १० मत प्राप्त गर्नुभयो । अध्यक्षमा सात जनाको उम्मेदवारी परेको थियो । यसैगरी, उपाध्यक्षमा कन्दकला राना, डिठ्ठा राना, महासचिवमा तीर्थराज राना, सचिवमा साहेब राना, भजना राना निर्वाचित हुनुभएको छ ।

कोषाध्यक्षमा चन्द्रकिरण राना र सदस्यहरुमा अम्लेस राना, गोदावरी राना, दानसिंह राना, रमित राना, लालमणि राना, शिवचरण राना, सरिता राना, सामु राना निर्वाचित हुनुभएको छ । कैलाली, कञ्चनपुरमा रानाथारु समुदायको बसोबास छ । महाधिवेशनमा सर्वसम्मतका साथ नयाँ कार्यसमिति चयनको प्रयास भए पनि सहमति हुन नसकेपछि निर्वाचन भएको थियो । गोरखापत्र

ताजा समाचार

कैन्दीबन्दीलाई सिलाइकटाइ तालिम

काठमाडौँ । जिल्ला कारागारका कैदीबन्दीलाई सिलाइकटाइ तालिम दिन सुरु गरिएको छ । पर्यटन तथा...

आफ्नो वडालाई नमुना वडा बनाउन चाहन्छु

कञ्चनपुर जिल्लाको पालिकाहरु मध्ये भीमदत्त नगरपालिका भित्र पर्ने वडा नम्बर १३ यस्तो वडा हो...

आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता सुरु

काठमाडौँ । निजी मेडिकल कलेजको स्नातक (पीजीमा)का आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता...

आफ्नो जीवनमा स्वर्गको अनुभव गर्नुहोस् : शान्तिवक्ता रावल

काठमाडैँ । अन्तर्राष्ट्रिय शान्तिवक्ता, सुप्रसिद्ध लेखक एवम् शान्तिदूत प्रमे रावलले हामीले प्राप्त गरेको जीवन...