दिल्लीको वायु गुणस्तर खराब स्तरमा

Published on

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीमा सोमबारको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ३४९ मा झरेको छ । चिसोमा मौसम, पुराना गाडीहरूबाट निस्केको धुवाँ र धुलोका कारण राजधानीको वायु प्रदूषणलाई ढाकेका वायुको गुणस्तरमा वर्गीकृत भएको छ । पछि धुवाँले राजधानीलाई ढाकेको छ ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार राजधानीको शकुरपुर र वरपरका क्षेत्रमा प्रदूषणको तह ‘अति खराब’ अर्थात् एक्यूआई ३४६ रेकर्ड गरिएको थियो । इन्डिया गेट नजिकैका वरपरका क्षेत्रहरूमा एक्यूआईको तह ३०९ रेकर्ड गरिएको छ भने सफदरजङ्गमा ३०७ रेकर्ड गरिएको छ । यो तहले वायुको खराब गुणस्तरलाई चिन्हित गर्छ । यसैबिच, भारतका नदीहरूमा प्रदूषणको स्तर बढ्दै जाँदा यमुना नदीमा विषाक्त फोम तैरिरहेको देखिएको जनाइएको छ । वातावरणविद् विमलेन्दु के झाले यस घटनालाई दिल्लीको वातावरण मैत्री शासनको पूर्ण उपहासको रूपमा व्याख्या गर्नुभएको छ । उहाँले प्रदूषण दिल्लीबाटै भएको उल्लेख गर्नुभएको छ ।

यसअघि एएनआईसँग कुरा गर्दै इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी, कानपुरको कोटक स्कुल अफ सस्टेनेबिलिटीका डिन प्रोफेसर सच्चिदानन्द त्रिपाठीले ‘यमुना नदीमा विषाक्तताको प्रभाव खतरनाक रहेको बताउनुभएको थियो । उहाँका अनुसार साबुन, डिटर्जेन्ट र अन्य प्रदूषकहरूबाट नदीमा बग्ने फोहोर पानीमा ठुलो मात्रामा मिसिनाले बारम्बार यस्ता घटना हुने गर्छन् । रासस/एएनआई

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...