रुप्से झरनाको अवलोकन गर्दै पर्यटक

Published on

काठमाण्डौँ । कालिगण्डकी कोरिडोरमा पर्ने प्राकृतिक सुन्दरताले भरिपूर्ण रुप्से झरना अवलोकन गर्ने आन्तरिक पर्यटक बढेका छन् । यो सिजन मुस्ताङ भ्रमणका लागि अनुकूल समय हो । घाँसा प्रहरीका अनुसार अहिले दैनिक रुपमा स्वदेशी र विदेशी गरी करिब चार हजारको सङ्ख्यामा पर्यटक कालिगण्डकी कोरिडोर हुँदै जोमसोम पुग्ने गरेका छन् ।

मुस्ताङ भ्रमणमा हिँडेका पर्यटकहरु अन्नपूर्ण गाउँपालिका ३ दानामा पर्ने रुप्से झरनामा सवारीसाधन रोकेर झरनाको अवलोकन गर्ने गरेका छन् । दसैँ तिहार बिदाको अवसरमा भ्रमणमा निस्केका पर्यटकका कारण रुप्सेमा बिहानैदेखि पर्यटकको भीड लाग्ने गरेको दानाका स्थानीय धनबहादुर पुर्जाले बताउनुभयो । चारवर्ष अघि बाढी र पहिरोका कारण रुप्सेमा निर्माण भएका पूर्वाधारहरु भत्किएका कारण पर्यटकले सजिलै अवलोकन गर्न समस्या हुने गरेको उहाँले बताउनुभयो । पहिरो रोकथाम र पर्यटन पूर्वाधार निर्माण गरे पर्यटकलाई झरनाको अवलोकन गर्न सजिलो हुने स्थानीयवासी पुर्जाले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...