लमजुङमा थपिए ६ मतदान केन्द्र

Published on

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा पुनः ६ वटा मतदान केन्द्र थपिएको छ । निर्वाचन आयोगले जिल्लाको मतदानस्थलमा भएका मतदाता सङ्ख्याका आधारमा साविककै मतदानस्थलमा ६ वटा मतदान केन्द्र थपेको हो । यसअघि जिल्लास्थित मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले साविकको मतदाता सङ्ख्याको आधारमा एकसय ३० मतदान स्थलमा एकसय ८६ मतदान केन्द्र सिफारिस गरेको थियो । पछि निर्वाचन आयोगबाट केही मतदान स्थलमा भएका मतदाताको सङ्ख्याको आधारमा ६ वटा मतदान केन्द्र थप गरी पठाएको जिल्ला निर्वाचन अधिकारी यादवराज आचार्यले बताउनुभयो ।

उहाँका अनुसार आगामी निर्वाचनका निम्ति जिल्लामा एकसय ३० मतदानस्थल कायम भएको छ । जिल्लामा हाल १३० मतदानस्थलमा १९२ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ । यसअघिको निर्वाचनमा जिल्लामा १२८ मतदानस्थलमा १८२ मतदान केन्द्र रहेको थियो । यसअघि सरोकारवालाको बैठकपश्चात् जिल्लाको भौगोलिक अवस्था र मतदाताहरुको सहजताको कारण देखाउँदै प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा दुईवटा मतदानस्थल थप्न सिफारिस भएको थियो । जिल्लास्थित मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले सरोकारवालासँग छलफल गरी निर्वाचन आयोगमा सिफारिस गरेको हो । जिल्लाका विभिन्न स्थानीय तहमा यसअघि कायम भएका मतदान स्थललाई मतदाता सङ्ख्या तथा भुगोलका आधारमा वर्गीकरण गरी नयाँ मतदानस्थल कायम गर्न सिफारिस गरेको हो । जिल्ला निर्वाचन कार्यालय लमजुङका अनुसार बेसीशहर नगरपालिका –१० र दोर्दी गाउँपालिका –२ मा नयाँ मतदानस्थल कायम भएको हो । मतदाता सङ्ख्या बढी भएका केही मतदान स्थलहरुमा केन्द्र मात्र थप भएको छ ।

एउटा मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा १ लाख ३७ हजार १२४ जना मतदाता रहेका छन् । जसमा महिला मतदाता ६९ हजार ५२४ र पुरुष मतदाता ६७ हजार ६०० जना छन् ।  जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा यसपटक मतदाताको सङ्ख्या तीन हजार ४०७ जनाले बढेको छ । गत २०७९ को निर्वाचनमा एक लाख ३३ हजार ७१७ जना मतदाता थिए । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानस्थलको अनुगमन तथा निरीक्षण भइरहेका छन् । निर्वाचनका लागि सम्पूर्ण तयारी तीव्र गतिमा अघि बढेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

छथरमा जातीय–सांस्कृतिक सहअस्तित्व र साहित्यमा केन्द्रित प्राज्ञिक गोष्ठी

काठमाडौं । तेह्रथुम – छथर गाउँपालिकामा जातीय, सांस्कृतिक विविधता र साहित्यिक–सामाजिक सहअस्तित्वका विषयमा प्राज्ञिक...

राष्ट्रपति पौडेलसँग ब्रिटिश गोर्खा सेनाको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले...

सुनसरी–४ का मतदाताले उम्मेदवारसँग मागे बाढी नियन्त्रण र पूर्वाधार सुधार

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं...

कास्की–२ कांग्रेस उम्मेदवार बास्तोलाको हात फ्र्याक्चर, चुनावी अभियानमा चोट

काठमाडौं । नेपाली कांग्रेसका कास्की–२ का उम्मेदवार माधवप्रसाद बास्तोला निर्वाचन अभियानका क्रममा घाइते हुनुभएको...