रुप्से झरनाको अवलोकन गर्दै पर्यटक

Published on

काठमाण्डौँ । कालिगण्डकी कोरिडोरमा पर्ने प्राकृतिक सुन्दरताले भरिपूर्ण रुप्से झरना अवलोकन गर्ने आन्तरिक पर्यटक बढेका छन् । यो सिजन मुस्ताङ भ्रमणका लागि अनुकूल समय हो । घाँसा प्रहरीका अनुसार अहिले दैनिक रुपमा स्वदेशी र विदेशी गरी करिब चार हजारको सङ्ख्यामा पर्यटक कालिगण्डकी कोरिडोर हुँदै जोमसोम पुग्ने गरेका छन् ।

मुस्ताङ भ्रमणमा हिँडेका पर्यटकहरु अन्नपूर्ण गाउँपालिका ३ दानामा पर्ने रुप्से झरनामा सवारीसाधन रोकेर झरनाको अवलोकन गर्ने गरेका छन् । दसैँ तिहार बिदाको अवसरमा भ्रमणमा निस्केका पर्यटकका कारण रुप्सेमा बिहानैदेखि पर्यटकको भीड लाग्ने गरेको दानाका स्थानीय धनबहादुर पुर्जाले बताउनुभयो । चारवर्ष अघि बाढी र पहिरोका कारण रुप्सेमा निर्माण भएका पूर्वाधारहरु भत्किएका कारण पर्यटकले सजिलै अवलोकन गर्न समस्या हुने गरेको उहाँले बताउनुभयो । पहिरो रोकथाम र पर्यटन पूर्वाधार निर्माण गरे पर्यटकलाई झरनाको अवलोकन गर्न सजिलो हुने स्थानीयवासी पुर्जाले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौं शिक्षालयको साइकल र्‍याली

काठमाडौँ - संविधान दिवसको अवसरमा बाढीपहिरो प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि...

नेक्सस कबड्डी कपको दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका खेलहरू सम्पन्न, भोलि फाइनल खेल हुने

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा भइरहेको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका...

कांग्रेसको वडा अधिवेशन सुरु, अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आजदेखि सुरु भएको छ। कांग्रेसले...

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै छ। जनताबाट निर्वाचित प्रतिनिधिहरूमार्फत...