युक्रेनमा पुनः रुसी आक्रमण, पाँच जनाको मृत्यु

Published on

काठमाण्डौँ । युक्रेनमा शनिबार भएको रुसी क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अधिकारीका अनुसार आक्रमणमा डिनिप्रो सहरमा एक बालकसहित तीन जनाको मृत्यु भएको थियो भने किभ र वरपरको क्षेत्रमा भएको आक्रमणमा एक किशोर र अर्का एक व्यक्तिको मृत्यु भएको थियो । डिनिप्रो सहरमा भएको आक्रमणमा परी १९ जना घाइते भएको तथा उक्त स्थानका भवनहरू क्षतिग्रस्त भएको मध्य डिनिप्रोपेट्रोभस्क क्षेत्रका गभर्नर सेर्गी लिसाकले बताउनुभएको छ ।

लिसाकले सामाजिक सञ्जालमा सेयर गरेका तस्बिरहरूमा उद्धारकर्ताहरू भग्नावशेषमा उद्धारको काम गरिरहेको र अस्पतालको कोठाको झ्याल उडेको देखाइएको छ । उहाँका अनुसार आठ जना घाइतेहरूलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । रुसले निरन्तर रूपमा किभसहित युक्रेनी सहरहरूमा घातक ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरिरहेको छ । मस्कोले ऊर्जा पूर्वाधार केन्द्रित आक्रमण बढाउँदा किभले आफ्ना सहयोगीहरूबाट अझ बढी हवाई सुरक्षाको माग्दै आएको छ । रासस/एएफपी

ताजा समाचार

चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला

काठमाडौँ । “अब त यस्तो लाग्न थालिसक्यो, एक दिन जङ्गल नपस्दा र जङ्गली जनावर...

राजकाँडा धुलीकोट ऐतिहासिक पर्यटकिय स्थल ओझेलमा

काठमाडौँ । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका ७ मा एउटा ऐतिहासिक भग्नावशेष छ । जसलाई...

अव्यवस्थित सहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बढ्दो अव्यवस्थित सहरीकरणले विश्वमै समस्या ल्याएको र...

‘याक संरक्षणका लागि सङ्गठित प्रयास आवश्यक’

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले याकपालनले हिमाली समुदायको आयआर्जन, खाद्य र...