नगर प्रहरी भर्ना गर्दै वीरेन्द्रनगर नगरपालिका

Published on

काठमाण्डौँ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले करारमा नगर प्रहरी भर्ना गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै वीरेन्द्रनगरले २७ जना करारमा नगर प्रहरी भर्ना गर्न लागेको जनाएको हो । ‘‘प्रस्तुत विषयमा यस कार्यालयको नगर प्रहरी सेवाको गठन, सञ्चालन र सेवा सर्तसम्बन्धी व्यवस्था गर्न बनेको ऐन, २०७९ बमोजिम देहायको पदमा खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस कार्यालयको प्रशासन शाखामा आवेदन दिनहुन यो सूचना प्रकाशित गरिएको छ ।’’ नगरपालिकाद्वारा जारी सूचनामा भनिएको छ । नगरपालिकाले प्रहरी निरीक्षकको कमाण्डमा नगर प्रहरी नायब निरीक्षक एक, नगर प्रहरी सहायक निरीक्षक दुई, नगर प्रहरी हवल्दार तीन, नगर प्रहरी जवान (हेभी सवारी चालक) दुई र नगर प्रहरी जवानमा १८ जनाको दरखास्त माग गरेको छ । गोरखापत्र

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...