मौरीपालनबाट वार्षिक चार लाख आम्दानी

Published on

काठमाण्डौँ । रुपन्देहीस्थित तिलोत्तमा–४, सुपौलीका स्थायी बासिन्दा धनबहादुर थापाले मौरीपालनबाट वार्षिक चार लाख रुपियाँ बचत गर्नुहुन्छ । डेढ दशकदेखि मौरीपालनमा सक्रिय रहनुभएका थापाले खर्च कटाएर चार लाख बचत गरेको बताउनुभयो । मौरीपालनमा अरू पेसामा जस्तो कडा श्रम गर्नुपर्ने, धेरै लगानी गर्नुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ । मौरीको स्याहार सुसार गर्ने, घाम पानी र मौरीको खानपानबारे जाने मौरीपालन राम्रै गर्न सकिने थापाको अनुभव छ । हाल २४ वटा घार मौरीपालन गर्नुभएका थापाले आफूले वार्षिक सात सय किलो मह बिक्री गर्दै आएको बताउनुभयो । थापामात्र होइन, उहाँसँगै मौरी पालनमा छिमेकी कर्णबहादुर पुन पनि व्यस्त हुनुहुन्छ । हाल २६ वटा घारमा मौरीपालन गरिरहनुभएका पुनले वार्षिक ७५० किलो बढी मह उत्पादन गर्दै आएको बताउनुभयो । भारतीय सेनाबाट निवृत्त भएपछि आफू पनि मौरीपालनमा व्यस्त बनेको उहाँ बताउनुहुन्छ ।

मौरीपालनको काम अरू पेसाभन्दा सहज रहेको पुनको पनि बुझाइ छ । मौरीपालनमा मुख्य समस्या भनेको चरनको रहेको छ । मौरी चरनका लागि रुपन्देहीको विभिन्न स्थान, भारतको सीमा, दाङ्, पाल्पाको माडी, नवलपरासी क्षेत्रमा आफूहरू पुग्ने गरेको पुनले बताउनुभयो । मह उत्पादनमा मौरीको सङ्ख्या र चरनले फरक पार्ने दुवै जनाको अनुभव छ । सबैभन्दा बढी मह उत्पादन दिने समय चैत, वैशाख, असोज र कात्तिक महिनामा रहेको मौरी चरणका लागि पाल्पास्थित माथागढी–३, माडीमा आउने क्रममा पुनले सुनाउनुभयो । मौरीपालनमा चरनका लागि ढुवानी र मह काढ्ने बेलामा थप जनशक्ति आवश्यक हुने, त्यसबाहेक अन्य खर्च खासै नहुने थापा र पुनको अनुभव छ । मौरीलाई चराउन विभिन्न जिल्लामा जाँदा आउँदा ढुवानी खर्च हुन्छ । साथै मह काढ्ने बेलामा ज्यामी खटाउनुपर्ने थापाले बताउनुभयो । खर्च कटाएर वार्षिक चार लाख रुपियाँ बचत गरेपछि कसैसँग हात फैलाउन नपरेको थापाले बताउनुभयो । थापा र पुनले उत्पादन गर्नुभएको मह बिक्रीका लागि पनि कुनै समस्या छैन । मह खरिद गर्ने व्यापारी र आफैँ प्रयोग गर्ने उपभोक्ता घरमै आउने गरेको थापाले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

ढोरपाटनमा दादुरा विरुद्धको खोप अभियान सञ्चालन गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बागलुङको ढोरपाटन नगरपालिकामा दादुराको सङ्क्रमण देखिएपछि दादुरा विरुद्धको...

प्रत्यक्षतर्फ चौध जना महिला निर्वाचित

काठमाडौं । यस पटक प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ जित हासिल गर्ने महिला राष्ट्रिय स्वतन्त्र...

घरपझोङमा फोहोर प्रशोधन केन्द्र बनाइने

काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकाले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै वर्गीकरण गर्न फोहोर संकलन...

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । बर्दियाको गुलरिया...