मौरीपालनबाट वार्षिक चार लाख आम्दानी

Published on

काठमाण्डौँ । रुपन्देहीस्थित तिलोत्तमा–४, सुपौलीका स्थायी बासिन्दा धनबहादुर थापाले मौरीपालनबाट वार्षिक चार लाख रुपियाँ बचत गर्नुहुन्छ । डेढ दशकदेखि मौरीपालनमा सक्रिय रहनुभएका थापाले खर्च कटाएर चार लाख बचत गरेको बताउनुभयो । मौरीपालनमा अरू पेसामा जस्तो कडा श्रम गर्नुपर्ने, धेरै लगानी गर्नुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ । मौरीको स्याहार सुसार गर्ने, घाम पानी र मौरीको खानपानबारे जाने मौरीपालन राम्रै गर्न सकिने थापाको अनुभव छ । हाल २४ वटा घार मौरीपालन गर्नुभएका थापाले आफूले वार्षिक सात सय किलो मह बिक्री गर्दै आएको बताउनुभयो । थापामात्र होइन, उहाँसँगै मौरी पालनमा छिमेकी कर्णबहादुर पुन पनि व्यस्त हुनुहुन्छ । हाल २६ वटा घारमा मौरीपालन गरिरहनुभएका पुनले वार्षिक ७५० किलो बढी मह उत्पादन गर्दै आएको बताउनुभयो । भारतीय सेनाबाट निवृत्त भएपछि आफू पनि मौरीपालनमा व्यस्त बनेको उहाँ बताउनुहुन्छ ।

मौरीपालनको काम अरू पेसाभन्दा सहज रहेको पुनको पनि बुझाइ छ । मौरीपालनमा मुख्य समस्या भनेको चरनको रहेको छ । मौरी चरनका लागि रुपन्देहीको विभिन्न स्थान, भारतको सीमा, दाङ्, पाल्पाको माडी, नवलपरासी क्षेत्रमा आफूहरू पुग्ने गरेको पुनले बताउनुभयो । मह उत्पादनमा मौरीको सङ्ख्या र चरनले फरक पार्ने दुवै जनाको अनुभव छ । सबैभन्दा बढी मह उत्पादन दिने समय चैत, वैशाख, असोज र कात्तिक महिनामा रहेको मौरी चरणका लागि पाल्पास्थित माथागढी–३, माडीमा आउने क्रममा पुनले सुनाउनुभयो । मौरीपालनमा चरनका लागि ढुवानी र मह काढ्ने बेलामा थप जनशक्ति आवश्यक हुने, त्यसबाहेक अन्य खर्च खासै नहुने थापा र पुनको अनुभव छ । मौरीलाई चराउन विभिन्न जिल्लामा जाँदा आउँदा ढुवानी खर्च हुन्छ । साथै मह काढ्ने बेलामा ज्यामी खटाउनुपर्ने थापाले बताउनुभयो । खर्च कटाएर वार्षिक चार लाख रुपियाँ बचत गरेपछि कसैसँग हात फैलाउन नपरेको थापाले बताउनुभयो । थापा र पुनले उत्पादन गर्नुभएको मह बिक्रीका लागि पनि कुनै समस्या छैन । मह खरिद गर्ने व्यापारी र आफैँ प्रयोग गर्ने उपभोक्ता घरमै आउने गरेको थापाले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, राष्ट्रियतामाथि अवमूल्यन भएको टिप्पणी

काठमाडौं – नेपाल-भारत सम्बन्धबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी...

कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना

काठमाडौं - आज कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा...

मौरिससमा रहेका १४ हजार नेपाली श्रमिकको अधिकारबारे छलफल

काठमाडौँ । मौरिससमा कार्यरत करिब १४ हजार नेपाली श्रमिकको अधिकार, सुरक्षा र मर्यादित रोजगारी...

भीरबाट लडेर बझाङका वडाध्यक्ष टंकप्रसाद जोशीको मृत्यु

बझाङ - बझाङको बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंकप्रसाद जोशीको भीरबाट लडेर मृत्यु भएको छ। ५०...