सुदूरपश्चिमको लगातार दास्रो जीत

Published on

काठमाडौँ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई ७३ रनले हरायो । जितका लागि एक सय ६८ रनको लक्ष्य पछ्याएको काठमाडौँ १५.५ ओभरमा सबै विकेटको क्षतिमा ९४ रनमा समेटियो । काठमाडौँका लागि स्टेफल स्किनाजीले सर्वाधिक ३७ रन बनाउनुभयो । यस्तै सुमित महर्जनले १४, भीम सार्की र जेरार्ड इरासमसले १०/१० रन बनाउनुभयो । काठमाडौँलाई सस्तैमा समेट्न बलिङमा सुदूरपश्चिमका नरेन साउदले पाँच विकेट लिनुभयो । उहाँले ३.५ ओभर बलिङ गर्दै १९ रन खर्खिएर पाँच विकेट लिनुभएको हो । अविनाश बोहराले दुई तथा ब्रान्डन म्याकमुलन र सईफ जैफले एक एक विकेट झार्नुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलनले ५३ रनको अर्धशतकीय पारी खेल्नुभयो । उहाँले ३६ बलमा तीन चौका र चार छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले ४३, ओपनर विनोद भण्डारीले ३५ र सईफ जैफले ११ रन बनाउनुभयो । बलिङमा काठमाडौँका रसिद खानले दुई विकेट लिनुभयो । साहब आलम, जेरार्ड इरसमस र करण केसीले एक एक विकेट लिनुभयो । दोस्रो खेल खेलेको सुदूरपश्चिम लगातार दोस्रो जित हो ।

सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले हराएको थियो । यता तेस्रो खेल खेलेको काठमाडौँको यो दोस्रो हार हो । यसअघि बिहान भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको थियो । बलिङमा काठमाडौँका रसिद खानले दुई विकेट लिनुभयो । साहब आलम, जेरार्ड इरसमस र करण केसीले एक एक विकेट लिनुभयो । दोस्रो खेल खेलेको सुदूरपश्चिम लगातार दोस्रो जित हो । सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले हराएको थियो । यता तेस्रो खेल खेलेको काठमाडौँको यो दोस्रो हार हो । यसअघि बिहान भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको थियो ।

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...