नेपालमा पहिलो र अग्लो हनुमान मूर्ति निर्माण हुँदै

Published on

काठमाडौँ । नेपालमा सबैभन्दा अग्लो हनुमानको मूर्ति नेपालगञ्जमा निर्माण हुँदै छ । उक्त मूर्तिको लम्बाइ १०८ फिट रहने नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।

मूर्तिको प्लेटफर्म र बेसको काम सकेपछि मूर्ति निर्माणको काम सुरु गरिएको उपमहानगरपालिकाका सिभिल इन्जिनियर सुरज शर्माले बताउनु भयो । अहिले भने खुट्टा बनिसकेको शर्माले बताउनु भएको छ ।

निर्माणको ठेक्काबट्टा जम्बुदिप कन्सट्रक्सन प्रा.लि. काठमाडौँले दुई वर्षभित्र सक्ने गरि लिएको छ । १७ मार्च २०२३ मा ठेक्का सम्झौता भएको थियो । र मूर्ति निर्माण गर्न जम्मा रु. १० करोड ११ लाख ५२ हजार ४९४ रुपैयाँ २९ पैसामा ठेक्का सम्झौता भएको इन्जिनियर शर्माले बताउनु भयो ।

मित्र राष्ट्र भारतमा राम मन्दिर बनेपछि नेपाल–भारत बिचको सम्बन्धमा अझै रङ्ग ल्याउन नेपालगञ्जमा हनुमानको मूर्ति बनाउन थालिएको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले बताउनु भयो । साथै धार्मिक पर्यटकहरुलाई पनि आकर्षित गर्न पवन पुत्र हनुमानको मूर्ति बनाइँदै छ ।

निर्माणको काम सम्पन्न भइसकेपछि नेपालगञ्जको धार्मिक पर्यटनमा निकै ठूलो टेवा पुग्ने विश्वास गरिएको छ । किनकी भारतीय धार्मिक पर्यटकहरु यहाँ रहेको बागेश्वरी मन्दिर र जुँगे महादेवको दर्शन गर्न बार्सेनी हजारौँको सङ्ख्यामा आउने गरेका छन् । यो हनुमान मूर्तिले अयोध्यासँगको सम्बन्धमा कोसेढुङ्गा साबित हुने विश्वास उपमहानगरका इन्जिनियर शर्माले प्रकट गर्नु भयो ।

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...