श्रीलङ्काका नयाँ राष्ट्रपतिको पहिलो विदेश भ्रमण भारतमा

Published on

काठमाडौँ । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्न आइतबार भारत आउने भएका छन् । श्रीलङ्काको सूचना मन्त्री नलिंदा जयतिसाले राष्ट्रपति दिसानायकेले तीन दिन भारतमा प्रधानमन्त्री मोदी र अन्य अधिकारीहरूसँग भेट गर्ने जानकारी दिनुभयो । वामपन्थी दिसानायके भ्रष्टाचारविरुद्ध लड्ने वाचामा सेप्टेम्बरमा सत्तामा आउनुभएको हो । गत महिना भएको संसदीय चुनावमा उहाँको पार्टीले ठुलो जित हासिल गरेपछि सत्तामा आफ्नो पकड बलियो बनाए । नयाँदिल्ली श्रीलङ्कामा बेइजिङको बढ्दो प्रभावको बारेमा चिन्तित छ, जसलाई उसले भूराजनीतिक प्रभावको क्षेत्रको रूपमा हेर्छ । दिसानायके अर्को महिना चिनियाँ नेताहरूसँग वार्ता गर्न बेइजिङ जाने अपेक्षा गरिएको सरकारले यसअघि घोषणा गरेको थियो । रासस/एएफपी

ताजा समाचार

दिगो पुनर्निर्माणमा जोड

काठमाडौँ । रुकुमपश्चिम र जाजरकोटमा हुने पुनर्निर्माण हरित प्रविधिमैत्री र दिगो विकासमा आधारित हुनुपर्नेमा...

सिमेन्टको मूल्य घटाउन निर्देशन

काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि अस्वाभाविक भएकाले तत्काल घटाउन निर्देशन...

‘मेरा कलमका डोबहरू’ लोकार्पण

काठमाडौँ । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसङ्ग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ...

पोखरीमा पुरुषको शव फेला

काठमाडौँ । धनुषाको छिरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरस्थित पोखरीमा बुधबार एक पुरुषको शव फेला परेको छ...