अमेरिकाद्वारा मानव अधिकार उल्लङ्घनको आरोपमा चीन र रुसका कम्पनीहरूमा व्यापारमाथि प्रतिबन्ध

Published on

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले मङ्गलबार मानव अधिकार उल्लङ्घनको आरोप लगाउँदै दुई चिनियाँ कम्पनी र रुसका धेरै कम्पनीसहित आठ कम्पनीमा व्यापार प्रतिबन्धको घोषणा गरेको छ । अमेरिकी अधिकारीहरुले पहिचान गरेका चीनका कम्पनीहरुमा झेजियाङ युनिभ्यु टेक्नोलोजी पर्दछ । ती कम्पनीमाथि उइगुर र अन्य जातीय तथा धार्मिक अल्पसङ्ख्यक समूहहरुको निगरानी जस्ता मानव अधिकार उल्लङ्घनलाई सहयोग गरेको आरोप लगाइएको छ ।

अमेरिकी वाणिज्य मन्त्रालयले नामकरण गरेको अर्को फर्म बेइजिङ झोङडुन सुरक्षा प्रविधि समूह थियो । उक्त कम्पनीले सार्वजनिक सुरक्षा अधिकारीहरुलाई अधिकार उल्लङ्घन गर्न अनुमति दिने उत्पादनहरु विकास र बिक्री गर्ने भनिएको छ । यी व्यवसायहरुलाई ‘सन्दर्भ सूची’ मा थपिएको छ । सूचीमा थपिएपछि अमेरिकी कम्पनीहरुलाई तिनीहरुलाई निर्यात गर्नुअघि अनुमतिपत्र लिन आवश्यक पार्छ । “मानव अधिकार हनन संयुक्त राज्य अमेरिकाको विदेश नीतिको हित विपरीत छ”, उद्योग र सुरक्षाका लागि वाणिज्य उपमन्त्री एलन एस्टेवेजले विज्ञप्तिमा भन्नुभयो, “यी कम्पनीहरूलाई सन्दर्भ सूचीमा थप्नुको उद्देश्य अमेरिकी प्रविधि मानव अधिकार उल्लङ्घन र दुर्व्यवहार सक्षम गर्न प्रयोग गरिएको छैन भनेर सुनिश्चित गर्नु हो ।”

अमेरिकी सरकार र अन्य पश्चिमी देशका कानून निर्माताहरूले उत्तर(पश्चिमी सिन्जियाङ क्षेत्रमा उइगुर अल्पसङ्ख्यकहरुप्रति चीनले गरेको व्यवहारलाई लक्षित गरेका छन् । अधिकार समूहहरुले कम्तिमा १० लाख मानिस, प्रायः मुस्लिम अल्पसङ्ख्यकका सदस्यहरु, यस क्षेत्रमा कैद गरिएको र विभिन्न दुर्व्यवहारको सामना गरेको बताएका छ । यद्यपि बेइजिङले ती आरोपहरूलाई दृढतापूर्वक अस्वीकार गर्दछ । मङ्गलबारका अन्य लक्षित कम्पनीमा म्यानमाका दुई र रुसका अर्को दुई कम्पनीहरु पर्दछन् । ती कम्पनीले म्यानमाको सेनालाई नागरिकहरुविरुद्ध हवाई आक्रमण जस्ता कार्यहरू गर्न अनुमति दिने सामग्रीहरु उपलब्ध गराउँछन् । अन्य दुई रुसी संस्थालाई मस्कोलाई अनुहार पहिचान प्रविधि उपलब्ध गराएको कारण समावेश गरिएको छ । ती संस्थाको उद्देश्य ‘शान्तिपूर्ण प्रदर्शनकारीहरुलाई लक्षित गर्नु’ हो र यो रुसको व्यापक निगरानी प्रणालीको एक महत्वपूर्ण अवयव हो । रासस/एएफपी

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...